Logo
  • २०८३, असोज २९गते
  • Oct 15 2026
images

एक वर्षमै साढे १७ अर्बको बिजुली निर्यात, १३ अर्बको आयात


सूचना कुण्ड
एक वर्षमै साढे १७ अर्बको बिजुली निर्यात, १३ अर्बको आयात

काठमाडौं ,साउन२३ :नेपाल विद्युत् प्राधिकरणले गत आर्थिक वर्ष (२०८१/८२) मा साढे १७ अर्ब बराबरको बिजुली निर्यात गरेको छ । प्राधिकरणले गत आर्थिक वर्षमा भारतमा करिब १७ अर्ब १९ करोड रुपैयाँ र बंगलादेशमा २६ करोड ६७ लाख रुपैयाँ बराबरको विद्युत् बिक्री गरेको हो । दुवै देशमा निर्यातको कुल रकम १७ अर्ब ४६ करोड रुपैयाँ छ ।

यस्तै, गत आर्थिक वर्षमा भारतबाट करिब १२ अर्ब ९२ करोड रुपैयाँ बराबरको विद्युत् आयात भएको छ ।

नेपाल आर्थिक वर्ष २०८०/८१ बाट खुद निर्यातकर्ता बनिसकेको छ । २०८०/८१ मा नेपालले १६ अर्ब ९३ करोड रुपैयाँको बिजुली निर्यात गरेको थियो । सोही आर्थिक वर्षमा १६ अर्ब ८१ करोड रुपैयाँ बराबरको आयात भएको थियो ।

नेपालले गत असोजमा नेपाल–भारत–बंगलादेशबीच भएको त्रिपक्षीय सम्झौताअनुसार नेपालले ४० मेगावाट विद्युत् निर्यात गर्दै आएको छ ।

बंगलादेशलाई प्रतियुनिट ६.४० अमेरिकी सेन्टमा बिजुली बिक्री हुँदै आएको छ । वर्षायाममा पानीको बहाव बढ्ने र उत्पादन बढ्ने समयलाई लक्षित गर्दै प्रतिस्पर्धी मूल्यमा भारतीय ऊर्जा बजारमा (डे अहेड र रियल टाइम मार्केट) निर्यात भइरहेको छ । नेपालले २०७८ कात्तिक १६ बाट भारतीय बजारमा बिजुली निर्यातको अनुमति पाएको थियो । सुरुमा ३९ मेगावाटबाट अनुमति पाएको नेपालले हाल ९४१ मेगावाट निर्यात गर्न मिल्छ ।

नेपालले अहिले भारतको विभिन्न राज्यहरूमा दैनिक ७ सय मेगावाटभन्दा बढी विद्युत् निर्यात गरिरहेको छ । ढल्केबर–मुजफ्फरपुर ४०० केभी अन्तरदेशीय प्रसारण लाइन तथा भारत–बंगलादेश सीमामा रहेको बेहरामपुर–भेडामारा लाइनमार्फत नेपाली विद्युत् बंगलादेशसम्म पुग्न थालेको छ ।


प्रतिक्रिया दिनुहोस
हाम्रो टिम

प्रकाशक / सम्पादक 
शारदा खतिवडा 

समाचार तथा लेख रचनाको लागि - suchanakunda@gmail.com

विज्ञापनका लागि -suchanakunda@gmail.com 
फोन नं - ०१४३१४८१६ , ९८५१२०७८४९ 


follow us
सम्पर्क


सम्पर्क नं. : ९८५१२०७८४९
सूचना तथा प्रसारण विभाग दर्ता नं ३६७७–२०७९/०८०
प्रेस काउन्सिल सूचिकरण नं ३८७८–२०७९/०८०

 


© 2026 All right reserved to suchanakunda.com Site By : SobizTrend