Logo
  • २०८३, असोज २९गते
  • Oct 15 2026
images

सुनको मूल्य प्रतितोला दुईलाखको हाराहारीमा : आज  एक लाख ९८ हजार ५०० रुपैयाँ


सूचना कुण्ड
सुनको मूल्य प्रतितोला दुईलाखको हाराहारीमा  : आज    एक लाख ९८ हजार ५०० रुपैयाँ

काठमाडौं साउन २० :  नेपाली बजारमा सुनको मूल्यले नयाँ रेकर्ड बनाएको छ । आज  सुन एक लाख ९८ हजार ५०० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । जुन अहिलेसम्मकै उच्च हो ।

यसअघि, गएको वैशाख ९ गतेको उच्च मूल्यको रेकर्ड आज तोडिएको हो । त्यसदिन सुन प्रतितोला एक लाख ९७ हजार ९०० रुपैयाँमा कारोबार भएको थियो । सोमबारको तुलनामा आज सुन १९ सय रुपैयाँले बढेको हो । सोमबार एक लाख ९६ हजार ६०० रुपैयाँमा कारोबार भएको थियो ।

आज चाँदीको मूल्य २५ रुपैयाँ बढेर प्रतितोला दुई हजार २८० रुपैयाँमा कारोबार भइरहेको छ । सोमबार चाँदी प्रतितोला दुई हजार २५५ रुपैयाँमा कारोबार भएको थियो । 


प्रतिक्रिया दिनुहोस
हाम्रो टिम

प्रकाशक / सम्पादक 
शारदा खतिवडा 

समाचार तथा लेख रचनाको लागि - suchanakunda@gmail.com

विज्ञापनका लागि -suchanakunda@gmail.com 
फोन नं - ०१४३१४८१६ , ९८५१२०७८४९ 


follow us
सम्पर्क


सम्पर्क नं. : ९८५१२०७८४९
सूचना तथा प्रसारण विभाग दर्ता नं ३६७७–२०७९/०८०
प्रेस काउन्सिल सूचिकरण नं ३८७८–२०७९/०८०

 


© 2026 All right reserved to suchanakunda.com Site By : SobizTrend