Logo
  • २०८३, असोज २९गते
  • Oct 15 2026
images

सेयर बजार ९ अंकले बढ्यो, ६ अर्ब ३८ करोडको कारोबार


सूचना कुण्ड
सेयर बजार ९ अंकले बढ्यो, ६ अर्ब ३८ करोडको कारोबार

काठमाडौं, असार १६ :आज नेप्से परिसूचक बढेको छ।नेप्से ९.१९ अंकले बढेर २६३१.४८ विन्दुमा बन्द भएको छ।

यसदिन कारोबार रकम भने घटेको छ। आइतबार सात अर्ब १२ करोड रूपैयाँको कारोबार भएकोमा सोमबार ६ अर्ब ३८ करोड रूपैयाँको कारोबार भएको छ।

अघिल्लो दिनको तुलनामा कारोबार रकम ७४ करोड रूपैयाँ कमी आएको हो।आज ३१८ वटा धितोपत्रको एक करोड ४१ लाख ७२ हजार ५३५ कित्ता सेयर किनबेच भएको हो। सोमबार १४५ कम्पनीको सेयर मूल्य बढेको छ भने १०३ वटाको घटेको छ। यसदिन राप्ति हाइड्रोको मूल्य सर्वाधिक ९.९७ प्रतिशतले बढेको छ।

उक्त कम्पनीको प्रतिकित्ता मूल्य ३५८ रूपैयाँ १० पैसा कायम भएको छ।यस्तै, धैलागिरी लघुवित्तको मूल्य ९.८० प्रतिशतले बढेर प्रतिकित्ता मूल्य एक हजार ४६२ रूपैयाँ ५४ पैसा पुगेको छ।

पञ्चकन्या माई हाइड्रोपावरको मूल्य सर्वाधिक ४.९२ प्रतिशतले घटेर प्रतिकित्ता मूल्य ३९९ रूपैयाँ ५० पैसामा झरेको छ। यसैगरी, ग्रीन डेभलपमेन्ट बैंकको मूल्य ४.६५ प्रतिशतले घटेर प्रतिकित्ता मूल्य एक हजार ३०२ रूपैयाँ ८६ पैसा कायम भएको छ।

सोमबार साहस ऊर्जाको सर्वाधिक कारोबार भएको छ। कम्पनीको प्रतिकित्ता ५९० रूपैयाँमा ३६ करोड ५३ लाख रूपैयाँको सेयर कारोबार भएको छ। यो मूल्य अघिल्लो दिनको तुलनामा ०.८५ प्रतिशत घटेको हो।

सर्वाधिक सेयर खरिद–बिक्री हुने दोस्रो कम्पनीमा सानिमा माई हाइड्रोपावर रहेको छ। उक्त कम्पनीको प्रतिकित्ता ६०६ रूपैयाँमा ३१ करोड ४७ लाख बराबरको सेयर कारोबार भएको छ।

आज कारोबारमा आएका १३ वटा समूहगत परिसूचकमध्ये चार समूहको परिसूचक घटेको छ भने बाँकी नौ समूहको बढेको छ।  यसदिन उत्पादन तथा प्रशोधन समूहको परिसूचक सर्वाधिक १.६३ प्रतिशतले बढेको छ।


प्रतिक्रिया दिनुहोस
हाम्रो टिम

प्रकाशक / सम्पादक 
शारदा खतिवडा 

समाचार तथा लेख रचनाको लागि - suchanakunda@gmail.com

विज्ञापनका लागि -suchanakunda@gmail.com 
फोन नं - ०१४३१४८१६ , ९८५१२०७८४९ 


follow us
सम्पर्क


सम्पर्क नं. : ९८५१२०७८४९
सूचना तथा प्रसारण विभाग दर्ता नं ३६७७–२०७९/०८०
प्रेस काउन्सिल सूचिकरण नं ३८७८–२०७९/०८०

 


© 2026 All right reserved to suchanakunda.com Site By : SobizTrend