Logo
  • २०८३, असोज २९गते
  • Oct 15 2026
images

सन्दीपको टी–२० वरीयतामा ४१ स्थान सुधार


सूचना कुण्ड
सन्दीपको टी–२० वरीयतामा ४१ स्थान सुधार

काठमाडौँ, असार ११ : नेपालका लेग स्पिनर सन्दीप लामिछाने अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आइसिसी)को टी–२० अन्तर्राष्ट्रिय वरीयतामा ४१ स्थान सुधार गर्नुभएको छ । 

आइसिसीले बुधबार सार्वजनिक गरेको नयाँ वरीयतामा सन्दीप ७५औँ स्थानमा उक्लिनु भएको हो । यस्तै ललित राजवंशीले वरीयतामा राम्रो छलाङ मार्नुभएको छ । 

ललित २९ स्थान सुधार गर्दै ५४औँ स्थानमा उक्लिनुभएको छ । सन्दीपले हालै स्कटल्यान्डमा भएको सिरिजको चार खेलमा ११ विकेट लिनुभएको थियो । ललितले पनि सिरिजमा चार विकेट लिनुभएको थियो । 

यस्तै अलराउन्डतर्फ दीपेन्द्रसिंह ऐरी तेस्रो स्थानमा यथावत् हुनुहुन्छ । कुशल भुर्तेल ६ स्थान सुधार गर्दै ३२औँ स्थानमा हुनुहुन्छ । ब्याटिङमा कुशल १० स्थान सुधार गर्दै ८३औँ स्थानमा उक्लिनुभएको छ । 

वरीयतामा कप्तान रोहितकुमार पौडेल र आसिफ शेख दुई स्थान खस्किँदा दीपेन्द्रसिंह ऐरी यथास्थानमा हुनुहुन्छ । रोहित ६६औँ, आसिफ ७७औँ  दीपेन्द्य्र ६१औँ स्थानमा हुनुहुन्छ ।

यस्तै एकदिवसीय अन्तर्राष्ट्रिय ब्याटिङ वरीयतामा आरिफ शेख १३ स्थान सुधार गर्दै ९०औँ स्थानमा उक्लिनुभएको छ । ओपनर आसिफ शेख ९४ र रोहितकुमार पौडेल ९९औँ स्थानमा हुनुहुन्छ । आसिफ चार रोहित एक स्थान खस्किनुभएको हो । 

यस्तै ओपनर कुशल भुर्तेल एक स्थान सुधार गर्दै ८७औँ स्थानमा हुनुहुन्छ । नेपाल टी–२० वरीयतामा १८औँ र एकदिवसीयमा १७औँ स्थानमा यथावत छ ।


प्रतिक्रिया दिनुहोस
हाम्रो टिम

प्रकाशक / सम्पादक 
शारदा खतिवडा 

समाचार तथा लेख रचनाको लागि - suchanakunda@gmail.com

विज्ञापनका लागि -suchanakunda@gmail.com 
फोन नं - ०१४३१४८१६ , ९८५१२०७८४९ 


follow us
सम्पर्क


सम्पर्क नं. : ९८५१२०७८४९
सूचना तथा प्रसारण विभाग दर्ता नं ३६७७–२०७९/०८०
प्रेस काउन्सिल सूचिकरण नं ३८७८–२०७९/०८०

 


© 2026 All right reserved to suchanakunda.com Site By : SobizTrend