Logo
  • २०८३, असोज २८गते
  • Oct 14 2026
images

अत्याधुनिक प्रविधिबाट रक्तसेवा उपलब्ध हुने 


सूचना कुण्ड
अत्याधुनिक प्रविधिबाट रक्तसेवा उपलब्ध हुने 

काठमाडौँ, असार १ :  नेपाल रेडक्रस सोसाइटी केन्द्रीय रक्तसञ्चार सेवाले रगत आवश्यक पर्ने बिरामीहरुलाई अत्याधुनिक CLIA (Chemiluminescence Immunoassay)   प्रविधिमार्फत परीक्षण गरेको रगत उपलब्ध गराउने भएको छ ।“रगतबाट सर्न सक्ने संक्रमणहरूको छोटो अवधिमा पनि पहिचान गर्न सक्ने प्रविधि CLIA हो  र यसबाट रक्तसञ्चार सेवाको गुणस्तर गुणात्मक रूपमा बृद्धि हनेछ । यो प्रविधि गुणस्तरीय रगत उपलब्धताको लागि नेपालको एउटा उपलब्धी हो ।” नेपाल रेडक्रस सोसाइटी केन्द्रीय रक्तसञ्चार सेवाका निर्देशक पवन गुप्ताले भन्नुभयो । 


नेपाल रेडक्रस सुलभ, गुणस्तरीय र मर्यादित रक्तसंचारसेवाको लागि प्रतिबद्ध रहेको छ ।   सरकारले विभिन्न प्रविधि अनुसार शुल्क समायोजनका लागि २०७९ जेठ १८ गते गरेको निर्णय बमोजिम प्रति युनिट रगतको सेवाशुल्क लाग्ने गरी CLIA प्रविधिबाट सेवा उपलब्ध गराउन शुरु गरेको छ । 


नेपाल रेडक्रस सोसाइटीले २०२३ साल साउन १२ गते रक्तसञ्चार सेवा शुरुवात गरी हाल सम्म जीवन बचाउने अत्यावश्यक सेवा निरन्तर रुपमा सञ्चालन गर्दै आएको छ  ।  हाल नेपाल रेडक्रसका केन्द्रीय, प्रादेशिक, जिल्ला रक्तसंचार सेवा गरी १२० स्थानबाट सेवा सञ्चालनमा रहेका छन् ।


प्रतिक्रिया दिनुहोस
हाम्रो टिम

प्रकाशक / सम्पादक 
शारदा खतिवडा 

समाचार तथा लेख रचनाको लागि - suchanakunda@gmail.com

विज्ञापनका लागि -suchanakunda@gmail.com 
फोन नं - ०१४३१४८१६ , ९८५१२०७८४९ 


follow us
सम्पर्क


सम्पर्क नं. : ९८५१२०७८४९
सूचना तथा प्रसारण विभाग दर्ता नं ३६७७–२०७९/०८०
प्रेस काउन्सिल सूचिकरण नं ३८७८–२०७९/०८०

 


© 2026 All right reserved to suchanakunda.com Site By : SobizTrend