Logo
  • २०८३, असोज २९गते
  • Oct 15 2026
images

अफगानिस्तानसँगको खेल रद्द हुँदा नेपाल विश्वकपमा छनोट हुन असफल


सूचना कुण्ड
अफगानिस्तानसँगको खेल रद्द हुँदा नेपाल विश्वकपमा छनोट हुन असफल

काठमाडौं, वैशाख ६ : आइसिसी यू-१९ विश्वकप एसिया छनोटमा नेपाल र अफगानिस्तानबीचको खेल रद्द भएको छ।

शनिबार बिहानदेखि भएको वर्षाका कारण मैदान भिजेका कारण खेल रद्द भएको हो।मुलपानी मैदानमा छनोट प्रतियोगिताको अन्तिम खेल शनिबार बिहान साढे ९ बजे हुने तय थियो।

तर बिहानैदेखि वर्षा भएपछि निर्धारित समयमा खेल सुरू हुन सकेन। वर्षा रोकिए पनि मैदान चिसो भएकाले दिउँसो २ बजेसम्म खेल प्रतिक्षा गरिएको थियो।

यद्यपि घाम नलागेपछि मैदान सुक्न नपाउँदा खेल नै रद्द गरिएको हो। खेल रद्द भएसँगै नेपाल यू-१९ विश्वकपमा पुग्ने अवसर गुमाएको छ। आजको खेलमा अफगानिस्तानलाई हराएर विश्वकपमा पुग्नका लागि नेपाललाई अवसर थियो।

प्रतियोगितामा अफगानिस्तान र नेपाल दुवैले युएई, हङकङ र ओमानलाई पराजित गरेको थियो। दुवै टोलीले तीन-तीन खेल जिते पनि रन रेटका आधारमा अफगानिस्तान शीर्ष स्थानमा थियो।

खेल रद्द भएपछि शीर्ष स्थानमा कायम रहँदै उसले विश्वकपमा स्थान सुरक्षित गरेको छ भने नेपालले विश्वकप खेल्नसक्ने अवसर गुमाएको छ।पाँच देश सम्मिलित एसिया छनोटबाट एउटा देश मात्रै विश्वकप पुग्ने तय थियो। आइसिसी यू-१९ विश्वकपम आगामी वर्ष जिम्बावेमा हुँदैछ।

 


प्रतिक्रिया दिनुहोस
हाम्रो टिम

प्रकाशक / सम्पादक 
शारदा खतिवडा 

समाचार तथा लेख रचनाको लागि - suchanakunda@gmail.com

विज्ञापनका लागि -suchanakunda@gmail.com 
फोन नं - ०१४३१४८१६ , ९८५१२०७८४९ 


follow us
सम्पर्क


सम्पर्क नं. : ९८५१२०७८४९
सूचना तथा प्रसारण विभाग दर्ता नं ३६७७–२०७९/०८०
प्रेस काउन्सिल सूचिकरण नं ३८७८–२०७९/०८०

 


© 2026 All right reserved to suchanakunda.com Site By : SobizTrend