Logo
  • २०८३, असोज २८गते
  • Oct 14 2026
images

चन्द्रागिरिनगर स्तरीय वडाकप फुटबल प्रतियोगिताको उपाधि चन्द्रागिरि –१५ तीनथानालाई


सूचना कुण्ड
चन्द्रागिरिनगर स्तरीय वडाकप फुटबल प्रतियोगिताको उपाधि चन्द्रागिरि –१५ तीनथानालाई

कठमाडौँ, असोज २५ : चन्द्रागिरि नगरपालिका स्तरीय वडाकप फुटबल प्रतियोगिताको उपाधि चन्द्रागिरि –१५ तीनथानाले चुमेको छ । नैकाप फुटबल मैदानमा  बिहीबार सम्पन्न कडा प्रतिष्पर्धामा चन्द्रागिरि –१५ तीनथानाले चन्द्रागिरि –५ महादेवस्थानलाई २–० ले सहज पराजित गर्दै चन्द्रागिरि अन्तर वडाकप फुटबल प्रतियोगिताको उपाधि कब्जा गरेको हो । 


चन्द्रागिरि –१५ तीनथानाले उपाधिसँगै रु २ लाख २५ हजार नगद सहित मेडल तथा उपविजेता चन्द्रागिरि ५ महादेवस्थानले रु १ लाख १० हजार, ट्रफी र मेडल प्राप्त गरेको छ । प्रतियोगितामा नगरका १५ वटै वडाका टिमको सहभागीता रहेको आयोजकले जनाएका छन् । 


चन्द्रागिरि नगरपालिकाका प्रमुख घनश्याम गिरी , उपप्रमु बसन्ती श्रेष्ठ , काठमाडौं जिल्ला खेलकुद विकास समितिका अध्यक्ष भाइकृष्ण बलामी विजेता , उपविजेतालाई नगद, ट्रफी र मेडल प्रदान गर्नुभयो । 

सो अवसरमा नगर प्रमुख  गिरीले नगरपालिकाले नगरभित्र विभिन्न खेलकूद विकास र प्रवद्र्धन गर्न उच्च प्राथमिकता दिएको जानकारी दिनुभयो । उहाँले सन् २०३० सम्म दिगो विकास लक्ष्य हासिल गर्न र यसलाई स्थानीयकरण गर्न नगरपालिकाले ‘भिएलआर’ प्रतिवेदन तयार पारेको  जानकारी दिनुभयो ।

नगर प्रमुख  गिरीले  भन्नुभयो, “दिगो विकास लक्ष्यमध्ये शिक्षा, स्वास्थ्य, लैङ्गिक समानता, खानेपानी तथा सरसफाइ, सुरक्षित, सुन्दर र सबैको पहुँचयोग्य सहरजस्ता लक्ष्यलाई स्थानीयकरण गर्न नगरपालिकाले अवलम्बन गरेका असल अभ्यासलाई प्रतिवेदनमा समावेश गरिएका छन् । अब नगरपालिकाले प्रतिवेदनलाई संयुक्त राष्ट्रसङ्घमा शीघ्र प्रस्तुत गर्छ । सहरीकरणसँग सम्बन्धित तथ्याङ्क व्यवस्थापनलाई दिगो विकास लक्ष्यको मापनसँग जोड्न नगरपालिकाले उच्च प्राथमिकतामा राखेको छ ।”

 


प्रतिक्रिया दिनुहोस
हाम्रो टिम

प्रकाशक / सम्पादक 
शारदा खतिवडा 

समाचार तथा लेख रचनाको लागि - suchanakunda@gmail.com

विज्ञापनका लागि -suchanakunda@gmail.com 
फोन नं - ०१४३१४८१६ , ९८५१२०७८४९ 


follow us
सम्पर्क


सम्पर्क नं. : ९८५१२०७८४९
सूचना तथा प्रसारण विभाग दर्ता नं ३६७७–२०७९/०८०
प्रेस काउन्सिल सूचिकरण नं ३८७८–२०७९/०८०

 


© 2026 All right reserved to suchanakunda.com Site By : SobizTrend