Logo
  • २०८३, असोज २९गते
  • Oct 15 2026
images

सेयर बजार ५६ अंकले बढ्यो, ६ अर्ब १३ करोडको कारोबार


सूचना कुण्ड
सेयर बजार ५६ अंकले बढ्यो, ६ अर्ब १३ करोडको कारोबार

काठमाडौं , असोज २० ःसेयर बजार आइतबार ५६ अंकले बढेको छ । साताको पहिलो कारोबार दिन बजार ५६.०९ अंकले बढेको हो ।

यस दिन २१९ कम्पनीको सेयर मूल्य बढेको छ । २३ कम्पनीको सेयर मूल्य घटेको छ । ६ अर्ब १३ करोड ८२ लाख ६ हजार रुपैयाँबराबरको सेयर खरिद–बिक्री भएको नेपाल स्टक एक्सचेन्ज (नेप्से)ले जनाएको छ ।

अघिल्लो दिनको तुलनामा कारोबार रकममा ६४ करोड रूपैयाँ कमी आएको हो। आज ३०८ वटा धितोपत्रको एक करोड ५० लाख ४६ हजार ७१० कित्ता सेयर किनबेच भएको हो। आइतबार २१९ कम्पनीको सेयर मूल्य बढेको छ भने २३ घटेको छ। यस्तै, दुई कम्पनीको सेयर मूल्य स्थिर रहेको छ।

यसदिन न्यादी हाइड्रोपावरको सेयर मूल्य सर्वाधिक १० प्रतिशतले बढेर प्रतिकित्ता मूल्य ३३५ रूपैयाँ ६० पैसा कायम भएको छ।

यसैगरी, मध्य भोटेकोशी जलविद्युतको मूल्य ९.७६ प्रतिशतले बढेर प्रतिकित्ता मूल्य ३६० रूपैयाँ पुगेको छ। यस्तै, विन नेपाल लघुवित्तको मूल्य सर्वाधिक १० प्रतिशतले घटेर प्रति कित्ता मूल्य दुई हजार ८३५ रूपैयाँमा झरेको छ।

कुमारी सबल योजनाको मूल्य ९.४३ प्रतिशतले घटेको छ। उक्त योजनाको प्रतिकित्ता मूल्य नौ रूपैयाँ ४३ पैसा कायम भएको छ।

आइतबार साहस ऊर्जाको सर्वाधिक कारोबार भएको छ।कम्पनीको प्रतिकित्ता मूल्य ४८९ रूपैयाँमा ६३ करोड ८३ लाखको सेयर कारोबार भएको छ।

यो मूल्य अघिल्लो दिनको तुलनामा ७.४७ प्रतिशत बढेको हो।सर्वाधिक सेयर खरिद–बिक्री हुने दोस्रो कम्पनीमा एनआरएन इन्फ्रास्टक्चर रहेको छ। उक्त कम्पनीको प्रतिकित्ता ९६४ रूपैयाँमा २५ करोड ५७ लाख रूपैयाँ बराबरको सेयर कारोबार भएको छ।  

आज कारोबारमा आएका १३ वटा समूहगत परिसूचकमध्ये सबै समूहको परिसूचक बढ्दा समग्र नेप्से बढेको हो। यसदिन वित्त समूहमा लगानीकर्ताको उच्च आकर्षण देखिएको छ। उक्त समूहको परिसूचक सर्वाधिक ६.३० प्रतिशतले बढेको छ। यस्तै दोस्रोमा उत्पादन तथा प्रशोधन समूहको परिसूचक ३.१२ प्रतिशतले बढेको छ।


प्रतिक्रिया दिनुहोस
हाम्रो टिम

प्रकाशक / सम्पादक 
शारदा खतिवडा 

समाचार तथा लेख रचनाको लागि - suchanakunda@gmail.com

विज्ञापनका लागि -suchanakunda@gmail.com 
फोन नं - ०१४३१४८१६ , ९८५१२०७८४९ 


follow us
सम्पर्क


सम्पर्क नं. : ९८५१२०७८४९
सूचना तथा प्रसारण विभाग दर्ता नं ३६७७–२०७९/०८०
प्रेस काउन्सिल सूचिकरण नं ३८७८–२०७९/०८०

 


© 2026 All right reserved to suchanakunda.com Site By : SobizTrend