Logo
  • २०८३, असोज ३०गते
  • Oct 16 2026
images

काठमाडौँ, ललितपुर, कैलाली र प्यूठानमा हैजा देखियो 


सूचना कुण्ड
काठमाडौँ, ललितपुर, कैलाली र प्यूठानमा हैजा देखियो 

काठमाडौँ, साउन २२ :  देशका चार जिल्लामा हैजाका बिरामी फेला परेका छन् । स्वास्थ्य सेवा विभागअन्तर्गतको इपिडिमियोलोजी तथा सरुवा रोग नियन्त्रण महाशाखाका निर्देशक डा यदुचन्द्र घिमिरेले काठमाडौँ, ललितपुर, कैलाली र प्यूठानमा हैजाका बिरामी देखिएको बताउनुभयो ।    
    
 उहाँकानुसार यी चार जिल्लामा ३० जनामा हैजा पुष्टि भएको छ । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा हैजा परीक्षण गराउँदा ललितपुरमा १९, काठमाडौँमा एक, कैलालीमा आठ र प्यूठानमा दुई जनामा हैजा पुष्टि भएको हो ।    
    
 हैजा अतिसङ्क्रामक र शीघ्र फैलिने झाडापखाला भएकाले यसका मुख्य लक्षणमा चौलानी पानी जस्तो दिसा आउने, वाकवाकी लाग्ने र बान्ता हुने, कडा जलवियोजन हुने गर्दछ । सङ्क्रमणले गम्भीर अवस्थामा आँखा गाडिने, मुख, जिब्रो र घाँटी सुक्खा हुने, पिसाबको रङ पहेलो हुने, रक्तचाप कम हुने, मुटुको धड्कन अनियन्त्रित हुने र बेहोस हुनेजस्ता समस्या हुने गरेका चिकित्सकले जनाएका छन् ।    
    
हैजाका बिरामीलाई तुरुन्तै अस्पताल नपु¥याए ५० प्रतिशत मृत्यु हुने सम्भावना हुने भएकाले सतर्कता अपनाउने र झिँगा लागेको, बासी, सडेगलेको, नपाकेको, चिसिएको खुला स्थानका खाद्यपदार्थ नखान, पानी उमालेर वा क्लोरिन प्रयोग गरेरमात्र प्रयोग गर्न र गराउन, व्यक्तिगत सरसफाइमा विशेष ध्यान दिन महाशाखाले अनुरोध गरेको छ ।    
---    


प्रतिक्रिया दिनुहोस
हाम्रो टिम

प्रकाशक / सम्पादक 
शारदा खतिवडा 

समाचार तथा लेख रचनाको लागि - suchanakunda@gmail.com

विज्ञापनका लागि -suchanakunda@gmail.com 
फोन नं - ०१४३१४८१६ , ९८५१२०७८४९ 


follow us
सम्पर्क


सम्पर्क नं. : ९८५१२०७८४९
सूचना तथा प्रसारण विभाग दर्ता नं ३६७७–२०७९/०८०
प्रेस काउन्सिल सूचिकरण नं ३८७८–२०७९/०८०

 


© 2026 All right reserved to suchanakunda.com Site By : SobizTrend