Logo
  • २०८३, असोज ३०गते
  • Oct 16 2026
images

     एमाले केन्द्रीय कमिटी उपाध्यक्ष र सदस्यलाई सपथ  


सूचना कुण्ड
     एमाले केन्द्रीय कमिटी उपाध्यक्ष र सदस्यलाई सपथ  

  
काटमाडौँ, साउन २० : नेपाल कम्युनिष्ट पार्टी (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले हालै पार्टीमा मनोनीत पदाधिकारी र केन्द्रीय सदस्यलाई सपथ ग्रहण गराउनुभएको छ । पार्टी केन्द्रीय कार्यालय ललितपुर, च्यासलमा आज आयोजित कार्यक्रममा उहाँले उपाध्यक्षमा मनोनीत गुरु बराल र अन्य १६ जना केन्द्रीय सदस्यलाई सपथ गराउनुभएको हो ।    
    
प्रधानमन्त्री तथा अध्यक्ष ओलीले एमालेको विधान, २०४९ (संशोधित २०७८) को धारा ६६ को २ (च)मा भएको व्यवस्थाअनुसार मनोनीत पदाधिकारी र केन्द्रीय सदस्यलाई सपथ ग्रहण गराउनुभएको थियो ।    
    
मनोनीत केन्द्रीय सदस्यहरू सुवास कर्माचार्य (सिन्धुपाल्चोक), जितेन्द्र देव (सुनसरी), रामपृत राम (सिराहा), कृष्णभक्त पोखरेल (चितवन), कमल तिमिल्सिना (अछाम), गोविन्द पुन (सल्यान) केदार सिग्देल (तनहुँ) र मनमोहन पौडेल (पर्वत) रहनुभएको छ ।    
    
यसैगरी हरदेव जोशी (दार्चुला), हरि उप्रेती (सर्लाही), इन्द्र भण्डारी (झापा), महेश बर्तौला (मकवानपुर), सरिता भुसाल (अर्घाखाँची), प्रभा कोइराला (कास्की), मञ्जु शर्मा चालिसे (बागलुङ) र आशा जवेगु (पाँचथर) मनोनीत केन्द्रीय सदस्यले आजै प्रधानमन्त्री ओलीबाट सपथ लिनुभयो ।    
     
नयाँ थपिएका १६ जनासहित अब एमालेमा तीन सय ७४ सदस्यीय केन्द्रीय कमिटी बनेको छ । गत साउन १७ गते बसेको सचिवालय बैठकले एक उपाध्यक्ष र १६ जना केन्द्रीय सदस्यलाई पार्टी विधानको धारा ६५ अनुसार मनोनयन गरेको थियो ।    


प्रतिक्रिया दिनुहोस
हाम्रो टिम

प्रकाशक / सम्पादक 
शारदा खतिवडा 

समाचार तथा लेख रचनाको लागि - suchanakunda@gmail.com

विज्ञापनका लागि -suchanakunda@gmail.com 
फोन नं - ०१४३१४८१६ , ९८५१२०७८४९ 


follow us
सम्पर्क


सम्पर्क नं. : ९८५१२०७८४९
सूचना तथा प्रसारण विभाग दर्ता नं ३६७७–२०७९/०८०
प्रेस काउन्सिल सूचिकरण नं ३८७८–२०७९/०८०

 


© 2026 All right reserved to suchanakunda.com Site By : SobizTrend