Logo
  • २०८३, असोज ३०गते
  • Oct 16 2026
images

गोकर्णेश्वर महादेव मन्दिर क्षेत्रलाई विश्व सम्पदा सूचीमा सूचिकृत गर्न माग  


सूचना कुण्ड
गोकर्णेश्वर महादेव मन्दिर क्षेत्रलाई विश्व सम्पदा सूचीमा सूचिकृत गर्न माग  

   
काठमाडौँ, साउन १९ : वाग्मती प्रदेशका संस्कृति, पर्यटन तथा सहकारी मन्त्री बिमल ठकुरीले गोकर्णेश्वर महादेव मन्दिर क्षेत्रलाई विश्व सम्पदा सूचीमा सूचिकृत गर्न पहल गर्ने प्रतिबद्धता जनाउनुभएको छ । नेपाली कांग्रेस गोकर्णेश्वर नगर समिति वडा नं. ८ एकाई कार्य समितिले आज जोरपाटीस्थित बेशीगाउँमा आयोजित कार्यक्रममा उहाँले काठमाडौँ उपत्यकामा पशुपतिनाथपछि धेरै धार्मिक पर्यटक आउने र पुरातात्विक, धार्मिक, सांस्कृतिक एवं ऐतिहासिक दृष्टिले महत्वपूर्ण गोकर्णेश्वर महादेव मन्दिर क्षेत्रलाई विश्व सम्पदामा सूचिकृत गर्न प्रदेश मन्त्रालयले पहल गर्ने जानकारी दिनुभयो । पशुपतिनाथमा श्रीयन्त्रको पूजा, आराधना र गोकर्णेश्वरमा बालयन्त्रको पूजा, आराधना हुने भएकाले उत्तिकै महत्वको मानिने उहाँको भनाइ थियो ।    
 गोकर्णेश्वर महादेव मन्दिरका माध्यमबाट यस क्षेत्रको पर्यटन प्रवद्र्धनका लागि पनि काम गर्ने मन्त्री ठकुरीको प्रतिबद्धता थियो । सहकारी क्षेत्रमा आइपरेको समस्या समाधानका लागि पनि प्रदेश मन्त्रालयका तर्फबाट सक्दो सहयाग गरिने उहाँको भनाइ छ । कार्यक्रममा प्रतिनिधिसभा, अर्थ समितिका सभापति सन्तोष चालिसेले आफू गोकर्णेश्वर नगरपालिकाको नगर प्रमुख भएदेखि नै गोकर्णेश्वर महादेव मन्दिर क्षेत्रको धार्मिक, सांस्कृतिक विकासका लागि काम गरेकाले यसलाई विश्व सम्पदा सूचीमा सूचिकृत गर्न पहल गरिनुपर्नेमा जोड दिनुभयो । केन्द्र, प्रदेश र स्थानीय तह मिलेर संस्थागत विकासमा काम गर्नुपर्नेमा उहाँले जोड दिनुभएको थियो । सहकारी क्षेत्रमा आएको समस्याका कारण अर्थतन्त्र नै सङ्कटमा परेकाले समस्या समाधानमा प्रदेश सरकारले पनि पहल गर्नुपर्नेमा सभापति चालिसेले जोड दिनुभयो ।    
    
 गोकर्णेश्वर नगरपालिकाका प्रमुख दीपककुमार रिसालले गोकर्णेश्वर महादेव मन्दिरसँगै नगर क्षेत्रका सांस्कृतिक सम्पदाको विकासमा काम गरिरहेको बताउनुभयो । वाग्मती नदीको उद्गमस्थल वाग्द्वारबाट गोकर्णेश्वर महादेवमन्दिरसम्मको क्षेत्रलाई विश्व सम्पदा सूचीमा सूचिकृत गरिनुपर्ने उहाँको भनाइ थियो ।–


प्रतिक्रिया दिनुहोस
हाम्रो टिम

प्रकाशक / सम्पादक 
शारदा खतिवडा 

समाचार तथा लेख रचनाको लागि - suchanakunda@gmail.com

विज्ञापनका लागि -suchanakunda@gmail.com 
फोन नं - ०१४३१४८१६ , ९८५१२०७८४९ 


follow us
सम्पर्क


सम्पर्क नं. : ९८५१२०७८४९
सूचना तथा प्रसारण विभाग दर्ता नं ३६७७–२०७९/०८०
प्रेस काउन्सिल सूचिकरण नं ३८७८–२०७९/०८०

 


© 2026 All right reserved to suchanakunda.com Site By : SobizTrend