Logo
  • २०८३, असोज ३०गते
  • Oct 16 2026
images

 बाढीले रिक्सा बगायो, चालक बेपत्ता  


सूचना कुण्ड
 बाढीले रिक्सा बगायो, चालक बेपत्ता  

दाङ, साउन१९ : दाङको घोराही–तुलसीपुर सडकखण्डअन्तर्गत तुलसीपुरको कालाखोलामा आएको बाढीले गए राति अटोरिक्सा बगाएको छ ।    
    
 बाढीले तुलसीपुरबाट बिजौरीतर्फ जाँदै गरेको रा१स २३५७ नम्बरको अटोरिक्सा बगाउँदा तुलसीपुर–७ प्रसेनीका घर भएका चालक २२ वर्षीय दुर्गा पुन बेपत्ता भएको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी निरीक्षक प्रकाश थापाले जानकारी दिनुभयो ।    
    
 बेपत्ता चालक पुनको खोजी भइरहेको प्रहरीले जनाएको छ । अत्यधिक वर्षाका कारण कालाखोलामा बाढी सडकमाथि भएर बगेको छ ।    
–––  


प्रतिक्रिया दिनुहोस
हाम्रो टिम

प्रकाशक / सम्पादक 
शारदा खतिवडा 

समाचार तथा लेख रचनाको लागि - suchanakunda@gmail.com

विज्ञापनका लागि -suchanakunda@gmail.com 
फोन नं - ०१४३१४८१६ , ९८५१२०७८४९ 


follow us
सम्पर्क


सम्पर्क नं. : ९८५१२०७८४९
सूचना तथा प्रसारण विभाग दर्ता नं ३६७७–२०७९/०८०
प्रेस काउन्सिल सूचिकरण नं ३८७८–२०७९/०८०

 


© 2026 All right reserved to suchanakunda.com Site By : SobizTrend