Logo
  • २०८३, असोज ३०गते
  • Oct 16 2026
images

पेट्रोलिम पदार्थको मूल्य घट्यो 


सूचना कुण्ड
पेट्रोलिम पदार्थको मूल्य घट्यो 

 काठमाडौँ, साउन १७ : नेपाल आयल निगमले पेट्रोलिम पदार्थको मूल्य घटाएको छ । आज निगमले एक प्रेस विज्ञप्ति जारी गर्दै बिहीबारदेखि लागू हुनेगरी पेट्रोलिम पदार्थको मूल्य घटाइएको जानकारी दिएको छ ।    
    
 निगमका अनुसार साविकको खुद्रा बिक्री मूल्यमा पेट्रोलमा प्रतिलिटर एक रुपैयाँ, डिजेल र मट्टितेलमा दुई रुपैयाँ घटाइएको र हवाई इन्धनको मूल्य भने यथावत कायम राखिएको छ । यसअघि पहिलो वर्गको पेट्रोलको मूल्य एक सय ६८ रहेकामा अहिले मूल्य घटेर एक सय ६७ कायम गरिएको छ । यसैगरी दोस्रो वर्गको एक सय ७० मूल्य रहेकामा घटेर एक सय ६९ पुगेको छ भने तेस्रो वर्गको पेट्रोलको मूल्य एक सय ७१ रहेकामा घटेर एक सय ७० रहेको निगमले जानकारी दिएको छ ।    
    
 डिजेल र मट्टितेलको पनि पहिलो वर्गको एक सय ५७ रहेकामा घटेर एक सय ५५ पुगेको छ । यसैगरी दोस्रो वर्गको एक सय ५९ रहेकामा घटेर एक सय ५७ पुगेको छ भने तेस्रो वर्गको एक सय ६० रहेकामा घटेर एक सय ५८ पुगेको निगमले जानकारी दिएको छ । निमगका अनुसार पहिलो वर्गअन्तर्गत चारआली, विराटनगर, जनकपुर, अमलेखगञ्ज, भलबारी, नेपालगञ्ज, धनगढी र वीरगञ्ज रहेका छन् । दोस्रो वर्गअन्तर्गत सुर्खेत र दाङ रहेका छन् भने तेस्रो वर्गअन्तर्गत पोखरा, काठमाडौँ, दिपायल रहेका छन् ।    
–––  


प्रतिक्रिया दिनुहोस
हाम्रो टिम

प्रकाशक / सम्पादक 
शारदा खतिवडा 

समाचार तथा लेख रचनाको लागि - suchanakunda@gmail.com

विज्ञापनका लागि -suchanakunda@gmail.com 
फोन नं - ०१४३१४८१६ , ९८५१२०७८४९ 


follow us
सम्पर्क


सम्पर्क नं. : ९८५१२०७८४९
सूचना तथा प्रसारण विभाग दर्ता नं ३६७७–२०७९/०८०
प्रेस काउन्सिल सूचिकरण नं ३८७८–२०७९/०८०

 


© 2026 All right reserved to suchanakunda.com Site By : SobizTrend