Logo
  • २०८३, असोज ३०गते
  • Oct 16 2026
images

नेपाली सेनाको कामु प्रधान सेनापति सिग्देल 


सूचना कुण्ड
नेपाली सेनाको कामु प्रधान सेनापति सिग्देल 

   

काठमाडौँ, साउन १६  : राष्ट्रपति रामचन्द्र पौडेलले नेपाली सेनाको कायममुकायम प्रधान सेनापतिमा बलाधिकृत रथी अशोकराज सिग्देललाई तोक्नुभएको छ ।    
    
 प्रधान सेनापति प्रभुराम शर्मा तीनवर्षे पदावधि आगामी भदौ २४ गते समाप्त भई अनिवार्य अवकाश पाउनुहुने भएकाले राष्ट्रपतिले उहाँलाई आज कामु प्रधानसेनापति तोक्नुभएको हो । राष्ट्रपति नेपाली सेनाका परमाधिपति हुनुहुन्छ । प्रधानसेनापति अवकाश हुनु एक महिना घर बिदामा बस्ने प्रावधान छ ।    
    
 बलाधिकृत सिग्देललाई हाल ज्येष्ठताका आधारमा मन्त्रिपरिषद्को सिफारिसमा साउन २५ गतेदेखि लागू हुनेगरी कामु प्रधानसेनापति तोकिएको राष्ट्रपतिको कार्यालयका प्रवक्ता शैलजा रेग्मी भट्टराईद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।    
–––  


प्रतिक्रिया दिनुहोस
हाम्रो टिम

प्रकाशक / सम्पादक 
शारदा खतिवडा 

समाचार तथा लेख रचनाको लागि - suchanakunda@gmail.com

विज्ञापनका लागि -suchanakunda@gmail.com 
फोन नं - ०१४३१४८१६ , ९८५१२०७८४९ 


follow us
सम्पर्क


सम्पर्क नं. : ९८५१२०७८४९
सूचना तथा प्रसारण विभाग दर्ता नं ३६७७–२०७९/०८०
प्रेस काउन्सिल सूचिकरण नं ३८७८–२०७९/०८०

 


© 2026 All right reserved to suchanakunda.com Site By : SobizTrend