Logo
  • २०८३, असोज २९गते
  • Oct 15 2026
images

काभा यू-२० महिला भलिबलमा पहिलो जित हात पारेको नेपालले सेमिफाइनलमा कीर्गिस्तानसँग खेल्ने


सूचना कुण्ड
काभा यू-२० महिला भलिबलमा पहिलो जित हात पारेको नेपालले सेमिफाइनलमा कीर्गिस्तानसँग खेल्ने

काठमाडौँ ६ साउन ६ : माल्दिभ्समा भइरहेको काभा यू-२० महिला भलिबल च्याम्पियनसिपमा नेपालले शनिबार पहिलो जित हासिल गरेको छ। यससँगै नेपाल अंक तालिकाको तेस्रो स्थानमा रहँदै सेमिफाइनलमा पुग्न सफल भएको छ। 

अब अंक तालिकाको दोस्रो स्थानमा रहेको कीर्गिस्तानसँग नेपालले सेमिफाइनलमा सोमबार खेल्नेछ। समूहको अन्तिम खेलमा श्रीलंकाले कीर्गिस्तानलाई हरायो। यससँगै कीर्गिस्तान दोस्रो हुँदा श्रीलंका शीर्ष स्थानमा रहन सफ भयो।

माले सिटीस्थित सोसल सेन्टरमा शनिबार भएको खेलमा नेपालले घरेलु टोली माल्दिभ्सलाई ३–० को सोझो सेटमा पराजित गरेको हो । नेपालले माल्दिभ्सलाई २५–१६, २५–९ र २५–१० ले पराजित गर्‍योे ।

यसअघि लगातार दुई खेलमा पराजित भएको नेपाल माल्दिभ्सलाई हराएपछि चार टोली सहभागि च्याम्पियनसिपमा २ अंकसहित तेस्रो भयो। सबै तीन खेल हारेको माल्दिभ्स अंकविहिन बन्यो।

पहिलो खेलमा नेपाल श्रीलंकासँग ३–१ सेटमा पराजित भएको थियो भने दोस्रो खेलमा कीर्गिस्तानसँग ३–० को सेटमा पराजित भएको थियो।

 –––  


प्रतिक्रिया दिनुहोस
हाम्रो टिम

प्रकाशक / सम्पादक 
शारदा खतिवडा 

समाचार तथा लेख रचनाको लागि - suchanakunda@gmail.com

विज्ञापनका लागि -suchanakunda@gmail.com 
फोन नं - ०१४३१४८१६ , ९८५१२०७८४९ 


follow us
सम्पर्क


सम्पर्क नं. : ९८५१२०७८४९
सूचना तथा प्रसारण विभाग दर्ता नं ३६७७–२०७९/०८०
प्रेस काउन्सिल सूचिकरण नं ३८७८–२०७९/०८०

 


© 2026 All right reserved to suchanakunda.com Site By : SobizTrend