Logo
  • २०८३, असोज २९गते
  • Oct 15 2026
images

आयोजक जर्मनीलाई उसकै मैदानमा हराउँदै स्पेन सेमिफाइनलमा


सूचना कुण्ड
आयोजक जर्मनीलाई उसकै मैदानमा हराउँदै स्पेन सेमिफाइनलमा

काठमाडौँ,  असार  २२  : युरो कप २०२४ को निकै प्रतिस्पर्धात्मक पहिलो क्वाटरफाइनल खेलमा आयोजक जर्मनीलाई पराजित गर्दै स्पेनले सेमिफाइनल यात्रा तय गरेको छ । स्पेनले आयोजक जर्मनीलाई २–१ गोलले हराउँदै सेमिफाइनलमा स्थान बनाएको हो । प्रतिस्पर्धा र रोमाञ्चले भरिपूर्ण खेलको पहिलो हाफमा दुबै टोलीले गोल गर्न सकेनन् ।

खेलको दोस्रो हाफको ५१ औँ मिनेटमा ड्यानी ओल्मोले गोल गर्दै स्पेनलाई अग्रता दिलाए तर ८९ औँ मिनेटमा फ्लोरियन व्रिट्जले गोल गर्दै जर्मनीलाई खेलमा फर्काएका थिए । नियमित समयसम्म खेल बराबरिमा गएपछी अतिरिक्त समयमा खेल पुग्यो । अतिरिक्त समयमा पनि खेलमा नतिजा ननिस्कने देखिदै थियो तर ११९ मिनेट अर्थात अतिरिक्त समयको पनि अन्तिम मिनेटमा स्पेनले गोल गर्यो ।

उसको लागि मिकेल मोरिनोले गोल गर्दै घरेलु टोलीलाई निराश बनाउँदै अविजित रुपमा युरो २०२४ को सेमिफाइनल पुग्न सफल भयो ।


प्रतिक्रिया दिनुहोस
हाम्रो टिम

प्रकाशक / सम्पादक 
शारदा खतिवडा 

समाचार तथा लेख रचनाको लागि - suchanakunda@gmail.com

विज्ञापनका लागि -suchanakunda@gmail.com 
फोन नं - ०१४३१४८१६ , ९८५१२०७८४९ 


follow us
सम्पर्क


सम्पर्क नं. : ९८५१२०७८४९
सूचना तथा प्रसारण विभाग दर्ता नं ३६७७–२०७९/०८०
प्रेस काउन्सिल सूचिकरण नं ३८७८–२०७९/०८०

 


© 2026 All right reserved to suchanakunda.com Site By : SobizTrend