Logo
  • २०८३, असोज २९गते
  • Oct 15 2026
images

चन्द्रागिरिको सबै सामुदायिक विद्यालयमा ‘बालविकास कक्ष’  


सूचना कुण्ड
चन्द्रागिरिको सबै सामुदायिक विद्यालयमा ‘बालविकास कक्ष’  

काठमाडाँै, चैत २१ः चन्द्रागिरि नगरपालिकाले आफ्ना सामुदायिक विद्यालयको ‘बालविकास कक्षलाई सवलीकरण’ गरेको छ । अब नयाँ शैक्षिक सत्र (बैशाखदेखि)   सामुदायिक विद्यालयमा  भर्ना हुने बालबालिकाले आफू अनुकूल खेल्दै,रमाउँदै ,सिक्दै र पढ्दै गर्ने स्तरीय वातावरण पाउने छन् । 


विद्यालयको तहको पहिलो यस्ता कक्षमा बालबालिकाको सिकाईका लागि आवश्यक सामग्री (खेलकूद, पाठ्यपुस्तक,स्मार्ट डिजिलट बोर्ड आदि) रहने छन् । नगरका १५ वडाभित्र रहेका २४ वटा सामुदायिक विद्यालय  मध्ये यही महिनाभित्र  २३ विद्यालयमा  ‘बालविकास कक्षलाई सवलीकरण’ भइसक्नेछन् । नगरक्षेत्रका सामुदायिक विद्यालयमा ‘बालविकास कक्षलाई सवलीकरण’  गर्ने संभवतः चन्द्रागिरि पहिलो भएको बताइएको छ । 


नगरपालिकाले विसं २०७२ वैशाखको विनाशकारी भूकम्पले क्षति पु¥याएका एवं पुराना  संरचनाको विद्यालय भवनलाई  भत्काइ नयाँ भवन   बनाइसकेको छ । शैक्षिक सुधार अभियान जारी राखेको नगरपालिकाले विद्यालयमा इन्टरनेट सहित कक्षाकोठामा स्मार्ट बोर्ड जडान एवं आवश्यकता र औचित्यताका आधारमा विद्यालय बस सहयोग गर्ने नीति लिएको छ । यसै क्रममा चन्द्रागिरि –२ बाडभञ्ज्याङस्थित श्रीभीम माध्यामिक विद्यालयको बालविकास कक्ष सबलीकरण गरिएको छ । नगरपालिकाको रु दुई लाख ६५ हजार आर्थिक सहयोगमा सो विद्यालयमा बालविकास कक्ष सवलीकरण भएको हो । विसं २०२४ मा स्थापना भएको सो विद्यालयमा हाल सातसय विद्यार्थी अध्ययनरत छन् ।  

  
विद्यालयद्वारा आज आयोजित कार्यक्रममा चन्द्रागिरी नगरपालिकाका मेयर घनश्याम गिरीले बालविकास कक्ष सबलीकरण २०८०को उद्घाटन गर्नुहुँदै सबै सामुदायिक विद्यालयका बालविकास कक्ष नयाँ शैक्षिक सत्र सुरुहुनु अगाडि नै  सवलीकरण भइसक्ने जानकारी दिनुहुँदै यस्ता कक्षमा समान पाठ्यपुस्तक, खेलसामग्री, स्मार्ट वोर्ड रहने बताउनुयो । उहाँले भन्नुभयो “ पहिलो चरणमा सबै सामुदायिक विद्यालयको भौतिक संरचना निर्माणमा ध्यान दिऔँ । अबका दिनमा  सामुदायिक विद्यालयको शैक्षिक सुधारमा नगरपालिकाको ध्यान गएको छ ।  कक्षाकोठामा क्रमश स्मार्ट बोर्ड राखिने , आवश्यकता र औचित्यताका आधारमा विद्यालय बस सहयोग गरिने छ । ” चन्द्रागिरिको शैक्षिक उन्नयनमा करिव ३६ वर्ष व्यतित गर्नुभएक मेयर गिरीले मौलिक जीवन उपयोगी, सीपमूलक, प्रविधि युक्त शिक्षाका लागि बलम्बुमा बहुप्राविधिक शिक्षालय सञ्चालन हुन लागेको जानकारी दिनुभयो । 
कार्यक्रममा उपप्रमुख वसन्ती श्रेष्ठले राज्यको लगानी अनुसार सामुदायिक विद्यालयले नतिजा किन  दिन सकिरहेका छ्रैनन् भन्ने प्रश्नको जवाफ सामुदायिक विद्यालयका प्रधानाध्यपक, शिक्षक, अभिभावक सबै दिनुपर्छ भन्नुहुँदै विद्यालयमा नैतिक शिक्षा र विद्यालयका गतिविधिका बारेमा समय समयमा अभिभावक ल्याएर घुमाउन सुझाव दिनुभयो । 


प्रमुख प्रशासकीय अधिकृत हेमराज अर्यालले सामुदायिक विद्यालयको शैक्षिक सुधारमा लागि सोच, श्रोत  र ऊर्जा आवश्यकता पर्नेमा जोड दिँदै यी तीन कुराको समन्वय गर्न र सामुदायिक विद्यालय निजीभन्दा अब्बल छन् भन्ने कुरा देखाउन आफ्नो तर्फबाट सहयोग गर्ने बताउनुभयो ।  नगरपालिकाका शिक्षा, युवा तथा खेलकूल शाखाका शिक्षा निर्देशक सुजनराज खनालले नयाँ शैक्षिक सत्रदेखि सबै सामुदायिक विद्यालयमा‘बालविकास कक्षलाई सवलीकरण’ भइसक्ने जानकारी दिनुहुँदै   यस्ता विद्यालयको  शैक्षिक उन्नतिका लागि  नगरपालिकाले आफ्नो श्रोत, साधनले भ्याएसम्म सहयोग गर्ने जानकारी दिनुभयो ।

 
विद्यालयका प्रधानाध्यपक इन्द्रप्रसाद काप्रीले विद्यालयले विद्यार्थी फेल नगर्ने र विद्यार्थीले पनि कक्षा दोहो¥याउन नपर्ने स्थिति रहेको, विद्यालयमा खेल्दै पढ्दै, पढ्दै कमाउँदै वातारण रहेको, आफ्नो स्रोतबाट विद्यालय बसको व्यवस्था गरिएको र वार्षिक क्यालेण्डर अनुसार विद्यालय सञ्चालन भइराखेको बताउनुभयो ।


विद्यालय व्यवस्थापन समितिका अध्यक्ष कर्णबहादुर बस्नेतको अध्यक्षतामा सम्पन्न सो कार्यक्रममा नगरपालिकाका शिक्षा, युवा तथा खेलकूल शाखाका विद्यालय निरीक्षक बुद्धिप्रसाद भट्ट, चन्द्रागिरि –२ का कार्यवाहक वडाध्यक्ष जयबहादुर तामाङ, वडा सदस्य बलराम सुवेदी, कार्यपालिका सदस्य चन्द्रकुमारी बस्नेत, सानुकान्छा परियार लगायत अभिभाक एवं विद्यार्थीको सहभागीता रहेको थियो ।     


प्रतिक्रिया दिनुहोस
हाम्रो टिम

प्रकाशक / सम्पादक 
शारदा खतिवडा 

समाचार तथा लेख रचनाको लागि - suchanakunda@gmail.com

विज्ञापनका लागि -suchanakunda@gmail.com 
फोन नं - ०१४३१४८१६ , ९८५१२०७८४९ 


follow us
सम्पर्क


सम्पर्क नं. : ९८५१२०७८४९
सूचना तथा प्रसारण विभाग दर्ता नं ३६७७–२०७९/०८०
प्रेस काउन्सिल सूचिकरण नं ३८७८–२०७९/०८०

 


© 2026 All right reserved to suchanakunda.com Site By : SobizTrend