Logo
  • २०८३, असोज २९गते
  • Oct 15 2026
images

 त्रिशूलीमा ट्याक्सी खस्दा पाँचको मृत्यु  


सूचना कुण्ड
 त्रिशूलीमा ट्याक्सी खस्दा पाँचको मृत्यु  

  

चितवन, चैत१७ : काठमाडौँबाट गोरखातर्फ आउँदै गरेको ट्याक्सी त्रिशूलीमा नदीमा खस्दा पाँच जनाको मृत्यु भएको छ । दुर्घटनामा दुई पुरुष, दुई महिला र एक बालिकाको मृत्यु भएको चितवन जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।    
    
प्रहरीका अनुसार ज्यान गुमाएकाहरूको परिचय खुलेको छैन । आज बिहान ७ः१५ बजे चितवनको इच्छाकामना गाउँपालिका–५ स्थित पृथ्वी राजमार्गको सिमलधारा नजिक    
बा२ज ४१९६ नम्बरको ट्याक्सी सडकबाट त्रिशूली नदीमा खसेको हो । ट्याक्सीमा कति यात्री सवार थिए भन्ने पनि यकिन नभएको प्रहरीले जनाएको छ । दुर्घटनासम्बन्धी विस्तृत विवरण प्राप्त हुन बाँकी छ ।    
–––  


प्रतिक्रिया दिनुहोस
हाम्रो टिम

प्रकाशक / सम्पादक 
शारदा खतिवडा 

समाचार तथा लेख रचनाको लागि - suchanakunda@gmail.com

विज्ञापनका लागि -suchanakunda@gmail.com 
फोन नं - ०१४३१४८१६ , ९८५१२०७८४९ 


follow us
सम्पर्क


सम्पर्क नं. : ९८५१२०७८४९
सूचना तथा प्रसारण विभाग दर्ता नं ३६७७–२०७९/०८०
प्रेस काउन्सिल सूचिकरण नं ३८७८–२०७९/०८०

 


© 2026 All right reserved to suchanakunda.com Site By : SobizTrend