काठमाडौँ, फागुन १२ : ‘दादुरा रुवेला खोप अभियान २०८०/ ०८१ ’ अन्तर्गत चन्द्रागिरि नगरपालिकाले पनि उच्च प्राथमिकताका साथ आइतबारदेखि नगरक्षेत्रमा खोप अभियान सञ्चालन गर्ने भएको छ । राष्ट्रिय खोप कार्यक्रम अन्तर्गत नगरपालिकाले ९ महिनादेखि १५ वर्षमुनिका बालबाललिकालाई आफ्ना १५ वटै वडामा तोकिएका खोप केन्द्रमा खोप लगाउन आवश्यक सबै तयारी पूरा गरेको जनाएको छ ।
चन्द्रागिरि नगरपालिकाका प्रमुख घनश्याम गिरीले नगरवासीको स्वस्थ्य जीवन यापनका लागि नगरपालिकाले उच्च प्राथमिकता दिँदै स्वास्थ्यका विभिन्न कार्यक्रम सञ्चालन गरिरहेको जानकारी दिँदै आइतबारदेखि सुरु हुन लागिरहेको ‘दादुरा रुवेला खोप अभियान २०८०÷०८१ ’लाई सफल बनाउन आह्वान गर्नुभयो । उहाँले भन्नुभयो “आफूलाई पायक पर्ने खोप केन्द्रमा आफ्ना ९ महिनादेखि १५ वर्षमुनिका बालबालिकालाई लिएर गई उनीहरुलाई दादुरा रुवेला खोप लगाउन म सबै नगरवासीलाई आग्रह गर्दछु । यस महान् कार्यमा जुट्न म स्वास्थ्यकर्मीलाई अपिल पनि गर्दछु ।”
यस पटक नगरपालिकाले ९ महिनादेखि १५ वर्ष उमेर समूहमा सबै बालबालिकालाई दादुरा रुवेला खोपका पहुँचमा पु¥याउन लागि लागि नगर क्षेत्रमा ९१ वटा खोप केन्द्र तय गरेको छ । प्रमुख प्रशासकीय अधिकृत हेमराज अर्यालले आफूलाई पायक पर्ने स्थानमा गई दादुरा रुवेला खोप लगाउन आह्वान गर्नुभयो ।
चन्द्रागिरि नगरपालिका, स्वास्थ्य शाखाका प्रमुख जनस्वास्थ्य अधिकृत शम्भुकुमार महतोका अनुसार ‘दादुरा रुवेला खोप अभियान २०८०/ ०८१ ’ अन्तर्गत नगरपालिका भित्र करिव ३५ हजार ६१२ बालबालिकालाई दादुरा रुवेला खोप लगाइने लक्ष्य निर्धारण गरिएको छ ।
कहाँ कहाँ छन् खोप केन्द्र ?
वडा १ नंअन्तर्गत श्रीकृृष्ण मावि, रिचा सहशिक्षा सदन, ग्लोरी मन्टेश्वरी , शहरी स्वास्थ्य केन्द्र इन्द्रस्थान, स्वास्थ्य चौकी, वडा २ को भीमा मावि , चण्डिका मावि, चण्डी भैरव मावि, चम्पा शिखर मावि र वाडभञ्ज्याङ मावि, वडा ३ को श्री मंगलोदय मावि, बेष्ट प्वाइन्ट सेकेण्डरी , फ्लोरा सेकेण्डरी र स्वास्थ्य चौकी , वडा ४ नंको चुनदेवी सेकेण्डरी, थानकोट सेकेण्डरी, ट्रिसा स्कुल , माउण्टचन्द्रागिरि बोडिङ स्कुल , थानकोट मोडेल स्कुल र प्राथमिक अस्पताल थानकोट, वडा नं ५को रिब्स स्कुल, सगरमाथा स्कुल,समृद्धि लर्निङ बोडिङ स्कुल ,जनकल्याण सेकेण्डरी स्कुल र अरबन हेल्थ सेन्टर, वडा नं ६ को महालक्ष्मी आधारभूत स्कुल, ब्राइट स्टार, नोभल भिलेज,मात्रि अरविन्द आश्रम, गुम्बा स्कुल र महादेव स्वास्थ्य चौकी, वडा नं ७ को प्रभाव मावि, ब्राइट एङ्लग, कान्तिकुञ्ज एकेडेमी, प्रसान्ति बोडिङ स्कुल,सानो संसार , स्वास्थ्य चौकीमा खोप केन्द्र निर्धारण गरिएको छ ।
यसैगरी वडा नं ८ को जनविकास मावि, ब्राइट होराइजन, कखरा मन्टेश्वरी, मेरो शिशु स्याहार केन्द्र,मातातीर्थ स्वास्थ्य चौकी, वडा नं ९ को चुनदेवी आधारभूत विद्यालय, नारायण जनमावि, न्यू होरिजन स्कुल, मेगा बोडिङ स्कुल , मच्छेगाउँ स्वास्थ्य चौकी , वडा नं १० को हाइ न्यु भिजन एकेडेमी, पथिक ज्ञान निकेतन र सतुंगल स्वास्थ्य चौकी , वडा नं ११ को एआइ स्कुल, जेसिस स्कुल, विष्णुदेवी शिक्षा सदन, सानो संसार र शहरी स्वास्थ्य केन्द्र, वडा नं १२ को बलम्बु मावि, लिटिल स्टार एकेडेमी, इभर भिजन, विपश्री एकेडेमी, रिकास्ट बोडिङ स्कुल, प्रणिनिधि मावि, बलम्बु स्वास्थ्य चौकी, वडा नं १३ को कंकाली मावि, विद्यामन्दिर मावि, बोरियल इङ्लिस सेकेण्डरी स्कुल , गोल्डेन फ्लावर एकेडेमी , न्यु डायमण्ड एकेडेमी, पुरानो नैकाप स्वास्थ्य चौकी, वडा नं १४ को मदरल्याण्ड मावि, मंगल मावि, ब्राइट किंडर वोल्र्ड, आइरिस मन्टेश्वरी , ब्राइट फ्युचर मावि, प्रज्ञान मन्टेश्वरी, युरो बिड्स, नयाँ नैकाप स्वास्थ्य चौकी तथा वडा नं १५ को विष्णुदेवी मावि, प्याराडाएज एकेडेमी, ब्राइट फ्युचर स्कुल, ज्ञानसुधार एकेडेमी, मेरी होम, प्राइम इङ्लिस स्कुल, सुन्दरवन स्कुल अफ साइन्स, एप्रोज इङ्लिस सेकेण्डरी स्कुल र तीन थाना स्वास्थ्य चौकीमा खोप केन्द्र निर्धारण गरिएको छ ।
ती खोप केन्द्रमा विहान १० बजेदेखि दिउँसो ४ बजेसम्म खोप लगाउन सकिने चन्द्रागिरि नगरपालिका , स्वास्थ्य शाखाले जनाएको छ ।
