Logo
  • २०८३, असोज २९गते
  • Oct 15 2026
images

 नेपालले टस जितेर पहिले ब्याटिङ गर्दै   


सूचना कुण्ड
 नेपालले टस जितेर पहिले ब्याटिङ गर्दै   

काठमाडौँ, फागुन ४ : एसिसी महिला प्रिमियर कप क्रिकेट प्रतियोगिता-२०२४ अन्तर्गत मलेसियाविरुद्धको सेमिफाइनमा नेपालले टस जितेर पहिले ब्याटिङ रोजेको छ ।    
    
 मलेसियाको क्वालालाम्पुरमा भर्खरै भएको टसमा कप्तान इन्दु वर्माले टस जितेर पहिले ब्याटिङ गर्ने निर्णय लिएकी हुन् । आजको खेल विजेता प्रतियोगिताको फाइनलमा प्रवेश गर्नेछ भने खेलको विजेता टोलीले यसै वर्ष हुने महिला टि ट्वान्टी एसिया कप क्रिकेट प्रतियोगितामा सहभागिता जनाउन पाउनेछ ।    
    
 नेपालले क्वार्टरफाइनलमा कुवेतलाई आठ विकेटले हराउँदै प्रतियोगिताको सेमिफाइनलमा पुगेको हो । त्यस्तै समूह चरणको खेलमा नेपालले माल्दिभ्सलाई दुई सय १४ रनले हराएको थियो भने भूटान र हङ्कङलाई समान आठ÷आठ विकेटले पराजित गरेको थियो ।     
    
 मलेसिया जापानलाई १६ रनले हराउँदै सेमिफाइनल प्रवेश गरेको हो । मलेसियाले समूह चरणमा इन्डोनेसियालाई छ विकेटले हराएको थियो भने कतारलाई ३९ रन र बहराइनलाई एक सय २६ रनले पराजित गरेको थियो ।    


प्रतिक्रिया दिनुहोस
हाम्रो टिम

प्रकाशक / सम्पादक 
शारदा खतिवडा 

समाचार तथा लेख रचनाको लागि - suchanakunda@gmail.com

विज्ञापनका लागि -suchanakunda@gmail.com 
फोन नं - ०१४३१४८१६ , ९८५१२०७८४९ 


follow us
सम्पर्क


सम्पर्क नं. : ९८५१२०७८४९
सूचना तथा प्रसारण विभाग दर्ता नं ३६७७–२०७९/०८०
प्रेस काउन्सिल सूचिकरण नं ३८७८–२०७९/०८०

 


© 2026 All right reserved to suchanakunda.com Site By : SobizTrend