Logo
  • २०८३, असोज २९गते
  • Oct 15 2026
images

   कायाकिङमा उदयपुरका डम्बरबहादुर पहिलो 


सूचना कुण्ड
   कायाकिङमा उदयपुरका डम्बरबहादुर पहिलो 

   
   
नवलपरासी,  माघ२२ : नारायणी नदीमा पहिलो पटक भएको साहसिक खेल कायाकिङ राष्ट्रिय प्रतियोगितामा उदयपुरका डम्बरबहादुर पूर्वथाने पहिलो भएका छन् । गण्डकी प्रदेश खेलकुद परिषद्ले नवलपरासी (बर्दघाट सुस्तापूर्व) को नारायणी नदीमा अयाोजना गरेको कायाकिङ प्रतियोगितामा सहभागी १८ प्रतिस्पर्धीलाई उछिन्दै उनी पहिलो भएका हुन् ।    
    
 डम्बरबहादुरले सात किलोमिटरको दुरी ३५ मिनेट ३८ सेकेन्डमा पुरा गरे । यस्तै गोर्खाका दिपेश रानामगर निर्धारित दुरी ३६ मिनेट १० सेकेन्डमा पार गरी दोस्रो भए । चितवनका विजय गुरुङ ३७ मिनेट २१ सेकेण्डमा दुरी पार गरी तेस्रो भएको गण्डकी प्रदेश खेलकुद परिषद्का सदस्य सचिव श्रीधर शर्माले जानकारी दिए । प्रतियोगितामा प्रहिलो, दोस्रो र तेस्रो हुने खेलाडीले क्रमशः रु ४० हजार, रु २५ हजार र रु १५ हजार पुरस्कार प्राप्त गरे ।    
    
 आगामी वर्ष असोजमा अन्तर्राष्ट्रिय प्रतियोगिता सञ्चालन गरिने प्रशिक्षक निमबहादुर मगरले बताए । नेपालमा कायाकिङ गर्ने २०० भन्दा बढी खेलाडी रहेको उनको भनाइ छ । डुङ्गामा एक जना मात्र बस्न मिल्ने गरी खेलिने कायाकिङ साहसिक खेल विधामा पर्दछ ।    


प्रतिक्रिया दिनुहोस
हाम्रो टिम

प्रकाशक / सम्पादक 
शारदा खतिवडा 

समाचार तथा लेख रचनाको लागि - suchanakunda@gmail.com

विज्ञापनका लागि -suchanakunda@gmail.com 
फोन नं - ०१४३१४८१६ , ९८५१२०७८४९ 


follow us
सम्पर्क


सम्पर्क नं. : ९८५१२०७८४९
सूचना तथा प्रसारण विभाग दर्ता नं ३६७७–२०७९/०८०
प्रेस काउन्सिल सूचिकरण नं ३८७८–२०७९/०८०

 


© 2026 All right reserved to suchanakunda.com Site By : SobizTrend