Logo
  • २०८३, असोज २९गते
  • Oct 15 2026
images

 आइसिसी यु–१९ विश्वकप क्रिकेट : अफगानिस्तानसँग जित निकाल्दै नेपाल दोस्रो चरणमा 


सूचना कुण्ड
 आइसिसी यु–१९ विश्वकप क्रिकेट : अफगानिस्तानसँग जित निकाल्दै नेपाल दोस्रो चरणमा 

   
सूचनाकुण्ड समाचारदाता,
काठमाडौँ, माघ१३ : अफगानिस्तानसँग जित निकाल्दै नेपाल आइसिसी यु–१९ विश्वकप क्रिकेट प्रतियोगिताको दोस्रो चरणमा प्रवेश गरेको छ । पहिलो समूह चरणको अन्तिम खेलमा अफगानिस्तानलाई एक विकेटले हराउँदै नेपालले ‘सुपर सिक्स’मा स्थान बनाएको हो    
    
दक्षिण अफ्रिकामा टस जितेर पहिला ब्याटिङ गर्दै निर्धारित ५० ओभरको खेलमा अफगानिस्तानले ४० दशमलव एक ओभरमा सबै विकेट गुमाउँदै एक सय ४५ रन बनायो । नेपालले एक सय ४६ रनको विजयी लक्ष्य ४४ दशमलव चार ओभरमा नौ विकेट गुमाएर पुरा ग¥यो । नेपालका लागि कप्तान देव खनालले अर्धशतकीय पारी खेले । उनले ७३ बल खेल्ने क्रममा सात चौकाको मद्दतमा ५८ रन बनाए । यस्तै दिपक बोहराले २७, आकाश त्रिपाठीले १६, अर्जुन कुमालले १० तथा सुवाश भण्डारीले अविजित नौ रन बनाए ।    
    
बलिङतर्फ अफगानिस्तानका फरिदुन दाउदजाइले तीन, खलिल अहमद र नासिर खानले दुई दुई तथा अल्लाह मोहम्मद घजानफार र अरब गुलले एक एक विकेट लिए ।    
    
यस्तै अफगानिस्तानका लागि ब्याटिङ गर्ने क्रममा अल्लाह मोहम्मद घजानफारले सर्वाधिक ३७ रनको योगदान दिए । उनले २१ बल खेल्ने क्रममा चार चौका र तीन छक्का हिर्काए । त्यस्तै नासिर खानले ८३ बलको सामना गर्दै तीन चौकाको मद्दतमा ३१ रन बनाए । फरिदुन दाउदजाइले २९ तथा हसन इसाखिलले २० रन बनाए ।    
    
बलिङतर्फ नेपालका आकाश चन्द एक्लैले पाँच विकेट लिए । उनी ‘प्लेयर अफ दी म्याच’ घोषित भए । यस्तै दिपेश कँडेलले दुई तथा गुल्सन झा, सुवास भण्डारी र तिलक भण्डारीले एक एक विकेट लिए । नेपालले अब समूह ‘ए’बाट सुपर सिक्समा प्रवेश गरिसकेका भारत र बङ्गलादेशसँग दोस्रो चरणको खेल खेल्ने छ ।    
–––    


प्रतिक्रिया दिनुहोस
हाम्रो टिम

प्रकाशक / सम्पादक 
शारदा खतिवडा 

समाचार तथा लेख रचनाको लागि - suchanakunda@gmail.com

विज्ञापनका लागि -suchanakunda@gmail.com 
फोन नं - ०१४३१४८१६ , ९८५१२०७८४९ 


follow us
सम्पर्क


सम्पर्क नं. : ९८५१२०७८४९
सूचना तथा प्रसारण विभाग दर्ता नं ३६७७–२०७९/०८०
प्रेस काउन्सिल सूचिकरण नं ३८७८–२०७९/०८०

 


© 2026 All right reserved to suchanakunda.com Site By : SobizTrend