Logo
  • २०८३, असोज २८गते
  • Oct 14 2026
images

यूएईमाथि नेपालको जित


सूचना कुण्ड
यूएईमाथि नेपालको जित

 सूचनाकुण्ड समाचारदाता  

काठमाडौं, फागुन २२  आईसीसी क्रिकेट वर्ल्ड कप लिग टूमा नेपालले यूएईमाथि ४२ रनको महत्वपूर्ण जित हात पारेको छ । यससँगै यूएईको त्रिकोणात्मक सिरिजमा तीन खेल जितेको नेपालले ओडीआई स्टाटस जोगाउने सम्भवना बलियो बनेको छ ।

नेपालले दिएको २३० रनको लक्ष्य पछ्याएको यूएईले ४५ ओभरमा सबै विकेट गुमाएर १८७ रन मात्र बनाउन सक्यो । सोमपाल कामीले पहिलो ओभरको दोस्रो बलमै नेपाललाई पहिलो विकेट दिलाएका थिए । तर ओपनर आसिफ खानले आर्यन लाक्रासँग दोस्रो विकेटका लागि ९४ रनको साझेदारी गरे । ४१औं ओभरसम्म खेलमा यूएई हावी थियो । १७४ रन बनाएको यूएईको हातमा ४ विकेट थियो । त्यसमा पनि क्रिजमा जमिरहेको आसिफले ८० रन बनाइसकेका थिए ।

तर ४२औं ओभरको दोस्रो बलमा आसिफ खानलाई कट एण्ड बोल्ड गर्दै पभेलियनको बाटो देखाए भने तेस्रो बलमा कार्तिक मेयप्पनलाई कट एण्ड बोल्ड गरे । उनले लगातार २ विकेट लिएपछि खेल एकाएक नेपालको पक्षमा आयो ।

४५औं ओभरको अन्तिम बलमा सन्दीप लामिछानेले जोहर खानको विकेट लिएपछि घरेलु टोली १८७ रनमा अलआउट भयो ।

नेपालका लागि दीपेन्द्रसिंह ऐरी र सोमपाल कामीले ३÷३ विकेट लिए भने करण केसी, सन्दीप लामिछाने र आरिफ शेखको नाममा एकएक विकेट रह्यो ।

यसअघि दुवई अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा घरेलु टोलीविरुद्ध टस जितेर पहिले ब्याटिङ गरेको नेपालले भीम सार्कीको ७० रनको मदतमा निर्धारित ५० ओभरमा ८ विकेट गुमाएर २२९ रन बनाएको थियो ।

नेपालको मध्यक्रमले सम्हालिएर खेल्दा निर्धारित ओभरमा ८ विकेट गुमाएर २२९ रनको योगफल बनेको हो ।

कुशल भुर्तेल ग्रोइन इन्जूरीका कारण खेल्न नसक्ने भएपछि नेपालले ओपनिङ जोडी परिवर्तन गरेको थियो । ज्ञानेन्द्र मल्ल र आसिफ शेखको ओपनिङ जोडी प्रभावकारी देखिएन । पावरप्ले ९१० ओभर० भित्रै नेपालले दुवै ओपनरलाई गुमाइसकेको थियो । ज्ञानेन्द्रले ११ रन बनाउँदा पपुवा न्युगिनीसँगको खेलमा ८६ रनको पारी खेल्दै टिमलाई जिताएका आशिफ ६ रनमै आउट भए ।

तेस्रो नम्बरमा आएका कुशल मल्लले एउटा छेउबाट विकेट बचाए पनि अर्को छेउबाट कप्तान रोहितकुमार पौडेल १ रन र लिग टूमा अहिलेसम्म ब्याटिङबाट राम्रो प्रदर्शन गर्न नसकिरहेका दीपेन्द्रसिंह ऐरी ४ रनमै आउट भए ।

कुशलले ३२ बलमा ४ चौका र २ छक्कासहित ३२ रन बनाए । १७।१ ओभरमा पाँचौं विकेट गुमाउँदा नेपालले ६८ रनमात्र बनाएको थियो ।

भीम सार्की र सन्दीप लामिछानेले छैटौं विकेटका लागि ५६ रनको साझेदारी गर्दै पारी उकासेका थिए । जारी शृंखलाका अघिल्ला खेलमा राम्रो ब्याटिङ गरेपछि उपल्लो क्रममा तानिएका सन्दीप लामिछाने २७ रन बनाएर आउट भए ।

त्यसपछि आएका आरिफ शेखसँग मिलेर भीमले सातौं विकेटका लागि पनि ५६ रनको अर्को साझेदारी गरे । करिअरकै उत्कृष्ट ब्याटिङ गर्ने क्रममा भीमले ९९ बलमा ७ चौकासहित ७० रन बनाए । आरिफ ५६ बलमा २ चौका र १ छक्कासहित ४३ रनमा अविजित रहे ।

करण केसी १७ रन बनाएर आउट भए । प्रतिश जिसी ११ रनमा अविजित रहे । नेपालले अन्तिम चार ओभरमा ४३ रन जोडेको थियो । बलिङमा यूएईका जुनियाद सिद्धिकीले ३ विकेट लिए । उनले १० ओभरमा १ मेडन राख्दै ५३ रन खर्चिए । रोहन मुस्तफा र आर्यन लाक्राले २–२ विकेट लिए । कार्तिक मेइयाप्पनले १ विकेट लिए।

 

 

 

    


प्रतिक्रिया दिनुहोस
हाम्रो टिम

प्रकाशक / सम्पादक 
शारदा खतिवडा 

समाचार तथा लेख रचनाको लागि - suchanakunda@gmail.com

विज्ञापनका लागि -suchanakunda@gmail.com 
फोन नं - ०१४३१४८१६ , ९८५१२०७८४९ 


follow us
सम्पर्क


सम्पर्क नं. : ९८५१२०७८४९
सूचना तथा प्रसारण विभाग दर्ता नं ३६७७–२०७९/०८०
प्रेस काउन्सिल सूचिकरण नं ३८७८–२०७९/०८०

 


© 2026 All right reserved to suchanakunda.com Site By : SobizTrend