Logo
  • २०८३, असोज २९गते
  • Oct 15 2026
images

एसिया कप : नेपाललाई दोस्रो झट्का 


सूचना कुण्ड
एसिया कप : नेपाललाई दोस्रो झट्का 

   
    सूचनाकुण्ड समाचारदाता
काठमाडौँ, भदौ १८: एसिया कप क्रिकेट प्रतियोगिताअन्तर्गत भारतविरुद्धको खेलमा नेपालले दोस्रो विकेट गुमाएको छ । श्रीलङ्काको पालेकेले इन्टरनेशल क्रिकेट रङ्गशालामा भइरहेको खेलमा नेपालले दोस्रो विकटको रुपमा भिम सार्कीलाई गुमाएको हो । सार्कीले १७ बलमा ७ रन बनाएर आउट भए ।    
    
 त्यसअघि नेपालले पहिलो विकेटका रुपमा कुशल भुर्तेलाई गुमाएको थियो । खेलको ९ दशमलव ५ ओभरमा कुशललाई शार्दुल ठाकुरले विकेटकिपर इशान किशनबाट क्याच गराएका थिए । कुशलले २५ बलमा तीन चौका र दुई छक्काको मद्दतमा ३८ रन बनाएका थिए । कुशलले पहिलो विकेटका लागि आसिफ शेखसँग ६५ रनको साझेदारी गरेका थिए ।    
    
 अहिले क्रिजमा आसिफ सेख र कप्तान रोहित पौडेल छन् । आसिफ ५४ बलमा चार चौकाको मद्दतमा २८ रनमा अविजित छन् ।    
---  


प्रतिक्रिया दिनुहोस
हाम्रो टिम

प्रकाशक / सम्पादक 
शारदा खतिवडा 

समाचार तथा लेख रचनाको लागि - suchanakunda@gmail.com

विज्ञापनका लागि -suchanakunda@gmail.com 
फोन नं - ०१४३१४८१६ , ९८५१२०७८४९ 


follow us
सम्पर्क


सम्पर्क नं. : ९८५१२०७८४९
सूचना तथा प्रसारण विभाग दर्ता नं ३६७७–२०७९/०८०
प्रेस काउन्सिल सूचिकरण नं ३८७८–२०७९/०८०

 


© 2026 All right reserved to suchanakunda.com Site By : SobizTrend