Logo
  • २०८३, असोज २९गते
  • Oct 15 2026
images

राष्टिय क्रिकेट टोलीका पूर्वकप्तान पारस निर्वाचित  


सूचना कुण्ड
राष्टिय क्रिकेट टोलीका पूर्वकप्तान पारस निर्वाचित  

सूचनाकुण्ड समाचारदाता  
काठमाडौँ, भदौ१६ : नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान पारस खड्का बागमती प्रादेशिक क्रिकेट सङ्घको अध्यक्ष पदमा निर्वाचित हुनुभएको छ ।    
    
सङ्घको आज सम्पन्न दोस्रो अधिवेशन तथा साधारणसभाले अध्यक्ष खड्कासहित १३ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको हो । पारस आफना प्रतिद्वन्द्वी उमेश पियालाई नौ मतको अन्तरले पछाडि पार्दै विजयी हुनुभएको हो । पारसले २३ मत प्राप्त गर्दा उमेशले १४ मत प्राप्त गर्नुभएको थियो ।    
    
पारस काठमाडौँ जिल्ला क्रिकेट सङ्घका कार्यसमिति सदस्य तथा उमेश चितवन जिल्ला क्रिकेट सङ्घका उपाध्यक्ष हुनुहुन्छ । त्यसैगरी २३ मत प्राप्त गर्नुभएका प्रेमबहादुर क्षेत्री उपाध्यक्षमा निर्वाचित हुनुभयो । उहाँका प्रतिस्पर्धी रूपक रञ्जितले १४ प्राप्त गर्नुभएको थियो ।    
    
यसैगरी सचिवमा प्रशन्न शाक्य निर्वाचित हुनुभयो । उहाँले २३ मत प्राप्त गर्नुभयो । उहाँका प्रतिद्वन्द्वी प्रज्वल सापकोटाले १४ मत प्राप्त गर्नुभएको थियो । कोषाध्यक्षमा सञ्जय बस्नेत विजयी हुनुभयो । त्यस्तै सदस्यहरूमा अजयवीर पाण्डे, अनिल अधिकारी, सञ्जोग श्रेष्ठ, सुजन महर्जन, धीरज श्रेष्ठ, शेखर श्रेष्ठ र वसन्तराज सत्याल निर्वाचित हुनुभयो ।    
    
महिला सदस्यामा भने निरा राजोपाध्याय निर्विरोध निर्वाचित हुनुभयो । मतदानमा छ जिल्लाका २४ र निवर्तमान कार्यसमितिका १३ सदस्य गरी कूल ३७ मत खसेको थियो ।    
    
नेपाल क्रिकेट सङ्घ (क्यान)को केन्द्रिय चुनाव आगामी असोज पहिलो साता हुँदैछ । त्यसअघि ४५ जिल्ला र सात प्रदेशको निर्वाचन सम्पन्न भएको छ ।    
–––  


प्रतिक्रिया दिनुहोस
हाम्रो टिम

प्रकाशक / सम्पादक 
शारदा खतिवडा 

समाचार तथा लेख रचनाको लागि - suchanakunda@gmail.com

विज्ञापनका लागि -suchanakunda@gmail.com 
फोन नं - ०१४३१४८१६ , ९८५१२०७८४९ 


follow us
सम्पर्क


सम्पर्क नं. : ९८५१२०७८४९
सूचना तथा प्रसारण विभाग दर्ता नं ३६७७–२०७९/०८०
प्रेस काउन्सिल सूचिकरण नं ३८७८–२०७९/०८०

 


© 2026 All right reserved to suchanakunda.com Site By : SobizTrend