Logo
  • २०८३, असोज २९गते
  • Oct 15 2026
images

हिमचितुवा घिमिरेले राखे नयाँ कीर्तिमान


सूचना कुण्ड
हिमचितुवा घिमिरेले राखे नयाँ कीर्तिमान

सूचनाकुण्ड समाचारदाता 

काठमाडौँ, २ भदौँ ः नेपालका प्रोफेसनल किक बक्सर अबिरल घिमिरेले दक्षिण कोरियन बक्सर चाङ ओन याङलाई पहिलो राउण्डमा ढालेर नयाँ कीर्तिमान कायम गर्नुभएको छ ।

‘हिमालय चितुवा’का रुपमा विश्व प्रसिद्ध हुनुभएका घिमिरेले क्रेट भ्यालु कर्पोरेशन ( सिभिसी) जापानद्वारा टोकियो स्थित न्यू पायर हलमा आज आयोजत ‘हिट ५२ जापान भर्सेस एफसी २७ कोरिया प्रोफेसनल किक बक्सिङ’ प्रतियोगितामा नकआउट गरी ऐतिहासिक विजय हासिल गर्नुभएको हो ।

सो प्रतियोगितामा भिड्ने २३ वर्षीय घिमिरे पहिलो नेपाली बक्सर हुनुहुन्छ । सो प्रतियोगिताको मुख्य आकर्षकको रुपमा रहेको अन्तिम खेल (मेन इभेन्ट म्याच) मा घिमिरेले एक मिनेट ५५ सेकेण्ड मै आफ्ना कडा प्रतिष्पर्धि याङलाई रिङमा ढालेर ‘प्रोफेसनल किक बक्सिङ हिट ५२ च्याम्पियनसीप’को उपाधि चुम्नु भएको हो ।

अहिलेसम्म प्रोफेसनल किक बक्सिङ हिट प्रतियोगिताको १३ खेलको अपराजित यात्राको जित हाँसिल गर्नेक्रममा हिमचितुवाले तीनपटक टाइटल म्याचको उपाधि (बेल्ट) रक्षा गर्दै‘मिडल वेटको रेकर्ड ’समेत कायम राख्न सफल हुनुभएको छ । उहाँले विश्व प्रसिद्ध के वान प्रोफेसनल किक बक्सिङ प्रतियोगितामा समेत खेल्दै दुईवटा इभेन्ट आफ्नो पक्षमा पारी प्रतिष्पर्धिलाई नकआउट गर्न सफल हुनुभएको थियो ।

हालसम्म जापान, दक्षिणकोरिया, ब्राजिल, बोलिभिया, नेदरल्याण्ड, थाइल्याण्ड लगायतका बक्सरहरुलाई पराजित गरिसक्नुभएको युवा पुस्ताका चर्चित खेलाडी घिमिरेले अन्तराष्ट्रिय प्रतियोगितामा नेपालको झण्डा फहराउँदै छुट्टै पहिचान बनाउन सफल हुनुभएको छ । जापानको नागोयामा सहरमा अबिरल आफ्ना पिता पूर्व अन्तराष्ट्रिय किक बक्सर तथा फुल कन्ट्याक कराँते खेलाडी देव घिमिरेको विशेष प्रशिक्षणमा रहँदै आउनुभएको छ ।

कराँते खेलाडी देव सन् २००४ मा कोरियाको सोलमा सम्पन्न ‘के वान प्राफेसलन किक बक्सिङ प्रतियोगिता’मा सहभागी हुने पहिलो दक्षिण एशियाली खेलाडी हुनुहुन्छ । चन्द्रागिरि नगरपालिका वडा १२ गुर्जुधारा बलम्बूका बासिन्दा उहाँको परिवार हाल जापानको नागोया शहरमा बसोबास गर्दै आइरहनुभएको छ ।


प्रतिक्रिया दिनुहोस
हाम्रो टिम

प्रकाशक / सम्पादक 
शारदा खतिवडा 

समाचार तथा लेख रचनाको लागि - suchanakunda@gmail.com

विज्ञापनका लागि -suchanakunda@gmail.com 
फोन नं - ०१४३१४८१६ , ९८५१२०७८४९ 


follow us
सम्पर्क


सम्पर्क नं. : ९८५१२०७८४९
सूचना तथा प्रसारण विभाग दर्ता नं ३६७७–२०७९/०८०
प्रेस काउन्सिल सूचिकरण नं ३८७८–२०७९/०८०

 


© 2026 All right reserved to suchanakunda.com Site By : SobizTrend