Logo
  • २०८३, असोज २९गते
  • Oct 15 2026
images

खानी इन्जिनियरिङ अध्ययनसम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर 


सूचना कुण्ड
खानी इन्जिनियरिङ अध्ययनसम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर 

   
सूचनाकुण्ड समाचारदाता 
काठमाडौँ, साउन २८: खानी तथा भूगर्भ विभाग लैनचौर र काठमाडौँ विश्वविद्यालयबीच खानी इन्जिनियरिङ (माइनिङ इन्जिनियरिङ) अध्ययन गर्ने सम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर भएको छ ।    
    
काठमाडौँ विश्वविद्यालयमा स्नातक तहमा खानी इन्जिनीयर विषयमा अध्ययनरत विद्यार्थीको क्षमता अभिवृद्धि, खनीज सम्बन्धी तालिम प्रदान गर्नका लागि विभागबाट भइरहेको कार्यमा सहकार्य गर्नेसम्बन्धी आज सम्झौतापत्रमा हस्ताक्षर भएको हो । विश्वविद्यालयका उपकुलपति प्राडा भोला थापाको उपस्थितिमा विभागको तर्फबाट महानिर्देशक रामप्रसाद घिमिरे र विश्वविद्यालयको तर्फबाट स्कुल अफ इन्जिनियरिङका डिन प्रा डा मनिष पोखरेलबीच हस्ताक्षर भएको हो ।    
    
सम्झौतापत्रमा विभागको तर्फबाट विश्वविद्यालयलाई आवश्यक पर्ने जनशक्ति र प्राविधिक सहयोग उपलब्ध गराउने, विभागमा रहेका पूर्वाधारलाई विद्यार्थीले प्रयोग गर्न सक्ने, भविश्यमा खानी तथा भूगर्भसम्बन्धी अध्ययनका राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा सहकार्य गर्ने, विद्यार्थीलाई तालिम तथा गोष्ठि उपलब्ध गराउनेलगायत उल्लेख छ ।    
    
कार्यक्रममा खानी तथा भूगर्भ विभागका महानिर्देशक घिमिरेले नेपालमै खानी इन्जिनियरिङको पढाइ हुनुपर्छ भन्ने मान्यता रहेको उल्लेख गर्दै सम्झौतापत्रले नेपालको खानी इन्जिनियरिङको विकासमा ठूलो सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभयो । काठमाडौँ विश्वविद्यालय खानी इन्जिनियरिङमा उत्पादित विद्यार्थीलाई सहयोग गर्न विभाग तयार रहेको उहाँले बताउनुभयो ।    
     
 सरकारले काठमाडौँ विश्वविद्यालयमा खानी इन्जिनियरिङ अध्ययन विद्यार्थीलाई छात्रावृत्ति प्रदान गर्नेबारे आवश्यक छलफल गरिरहको महानिर्देशक घिमिरेले बताउनुभयो ।काठमाडौँ विश्वविद्यालयका उपकुलपति प्रा डा थापाले विश्वविद्यालयले खानी इन्जिनीयरिङको पढाईमा परिणाम आउने गरी काम गर्ने प्रतिवद्धता व्यक्त गर्नुभयो । उहाँले खानी इन्जिनीयरिङको पढाईलाई अगाडि बढाउन सरकारको साथ र सहयोग पाएको बताउनुभयो ।    
    
उपकुपति प्रा डा थापाले देशको आवश्यकतालाई ख्याल राखेर इन्जिनियरिङ काउन्सिलले स्वीकृति दिएर सराहनीय काम गरेको बताउनुभयो । कार्यक्रममा काठमाडौँ विश्वविद्यालय स्कुल अफ इन्जिनियरिङका डिन प्रा डा मनिष पोखरेलले देशको आर्थिक विकासमा खनिज क्षेत्रको महत्वपूर्ण भूमिका रहेको बताउनुभयो । हाल स्नातक तहमा ३० विद्यार्थी खानी इन्जिनियरिङमा अध्ययनरत रहेको विश्वविद्यालयले जनाएको छ ।     
–––    
  


प्रतिक्रिया दिनुहोस
हाम्रो टिम

प्रकाशक / सम्पादक 
शारदा खतिवडा 

समाचार तथा लेख रचनाको लागि - suchanakunda@gmail.com

विज्ञापनका लागि -suchanakunda@gmail.com 
फोन नं - ०१४३१४८१६ , ९८५१२०७८४९ 


follow us
सम्पर्क


सम्पर्क नं. : ९८५१२०७८४९
सूचना तथा प्रसारण विभाग दर्ता नं ३६७७–२०७९/०८०
प्रेस काउन्सिल सूचिकरण नं ३८७८–२०७९/०८०

 


© 2026 All right reserved to suchanakunda.com Site By : SobizTrend