Logo
  • २०८३, असोज २९गते
  • Oct 15 2026
images

वरिष्ठ पत्रकार रिसालको ‘भैरव दाई’ लोकार्पण   


सूचना कुण्ड
वरिष्ठ पत्रकार रिसालको ‘भैरव दाई’ लोकार्पण   

वरिष्ठ पत्रकार रिसालको ‘भैरव दाई’ लोकार्पण   
सूचनाकुण्ड समाचारदाता 
काठमाडौँ, साउन२७ : वरिष्ठ पत्रकार भैरव रिसालको जीवन भोगाइ समेटिएको ‘भैरव दाई’ लोकार्पण गरिएको छ । रिसालको ९६औँ जन्मोत्सवको अवसर पारेर आज आयोजित कार्यक्रममा सो पुस्तक लोकार्पण गरिएको हो ।    
    
 पुस्तकमा रिसालको ‘रहरले कम्युनिस्ट, बाध्यताले पत्रकार’, ‘दुई सय रुपैयाँ घुस’, ‘हाम्रै हो लिम्पियाधुरा’, ‘सुशीला, सरकारी पत्रकार’, ‘चर्पी नबनाउनेको घरमा चिया खान्न म’, ‘जेल जीवन र राजनीति’, ‘चुनाव’, ‘गाउँको विकास’, ‘पत्रकार’, ‘उहिले बाजेको पालामा’, ‘लोभी पशुपति’, ‘राजासँगका भ्रमण’लगायत अनुभूति समेटिएका छन् ।     
    
 पुस्तक लोकार्पण गर्दै मानवअधिकारकर्मी गौरीशङ्करलाल दासले पुस्तकले भैरव भाईको जीवनलाई उजागर गरेको जनाउँदै उहाँले जीवनमा प्राप्त गरेको उपलब्धि पुस्तकमा समेटिएको बताउनुभयो । अधिकारकर्मी दासले भैरव रिसालसँगको अनुभूति स्मरण गर्दै भन्नुभयो, “म र भैरव भाई सँगसँगै काम गरेका थियौँ हाम्रो पुरानो सम्बन्ध छ । पुस्तकमार्फत उहाँले जीवनको भोगाइ समेट्नुभएको छ ।”    
    
 वरिष्ठ पत्रकार रिसालले ज्येष्ठ व्यक्तित्वबाट पुस्तक लोकार्पण गराउनुभएको थियो । मानिसको जिन्दगी कर्कलाको पातको पानी जस्तो भएको उल्लेख गर्दै उहाँले जीवित रहुञ्जेल राम्रो काम गर्नुपर्ने बताउनुभयो । आफूले पुस्तकमार्फत जिन्दगीको अनुभव साटेको उहाँको भनाइ थियो ।    
    
 दलित अधिकारकर्मी राम वादीले रिसाललाई दीर्घायुको शुभकामना व्यक्त गर्नुभयो । कार्यक्रममा संस्कृतिविद् डा गोविन्द नेपालीले रिजाललाई दीर्घायुको कामना गर्दै भोजपत्रको माला लगाइदिनुभएको थियो । भक्तपुर दधिकोटका सधियारे बालचन्द्र मिश्रले असारे भाकामा वरिष्ठ पत्रकार रिसाललाई शुभकामना दिनुभएको थियो ।    
    
 समारोहमा नेपाली कांग्रेसका नेता विमलेन्द्र निधि, अर्जुननरसिंह केसी, राष्ट्रियसभा सदस्य वामदेव गौतम, नेकपा (एमाले)का नेता प्रदीप ज्ञवाली, एमाले सांसद रघुजी पन्त र सूर्य थापा, नेकपा (माले)का महासचिव सिपी मैनाली, सीमाविद् बुद्धिनारायण श्रेष्ठलगायत विशिष्ठ व्यक्तित्वले रिसालको सुस्वास्थ्य, दीर्घायु र सक्रिय जीवनको शुभकामना दिनुभएको थियो ।     
    
 कार्यक्रममा वरिष्ठ पत्रकार रिसाललाई देशविदेशबाट प्राप्त शुभकामना सन्देशसम्बन्धी भिडियो प्रदर्शन गरिएको थियो ।    
---  


प्रतिक्रिया दिनुहोस
हाम्रो टिम

प्रकाशक / सम्पादक 
शारदा खतिवडा 

समाचार तथा लेख रचनाको लागि - suchanakunda@gmail.com

विज्ञापनका लागि -suchanakunda@gmail.com 
फोन नं - ०१४३१४८१६ , ९८५१२०७८४९ 


follow us
सम्पर्क


सम्पर्क नं. : ९८५१२०७८४९
सूचना तथा प्रसारण विभाग दर्ता नं ३६७७–२०७९/०८०
प्रेस काउन्सिल सूचिकरण नं ३८७८–२०७९/०८०

 


© 2026 All right reserved to suchanakunda.com Site By : SobizTrend