Logo
  • २०८३, असोज २९गते
  • Oct 15 2026
images

     नेपालकै होची महिला मालतीलाई नागरिकता 


सूचना कुण्ड
     नेपालकै होची महिला मालतीलाई नागरिकता 

सूचनाकुण्ड समाचारदाता    
सुन्दरहरैँचा, साउन २६ : मोरङ सुन्दरहरैँचा नगरपालिका–४ स्थित नेपालकै होची महिलाको रूपमा चिनिनुभएकी मालती ऋषिदेवले जिल्ला प्रशासन कार्यालयबाट जन्मसिद्धको आधारमा नेपाली नागरिकताको प्रमाणपत्र पाउनुभएको छ ।    
    
 मालती एक समयमा नेपालकै होची महिलाको रूपमा चर्चामा हुनुहुन्थ्यो । उहाँको उचाइ जम्मा ३२ इन्च र तौल १४ केजी मात्र छ । विसं २०५६ भदौ १८ गते जन्मिनुभएकी मालतीले २५ वर्षको उमेरमा नागरिकता पाएपछि निकै हर्षित देखिनुभएको वडाध्यक्ष कैलाश बस्नेतले जानकारी दिनुभयो ।    
    
 नगरपालिकाले मासिक रु चार हजार भत्ता दिँदै आएको र उहाँकोे आर्थिक अवस्था पनि नाजुक रहेको छ। मालतीको परिवारलाई दिगो रोजगारी दिन सक्ने हो भने घर चलाउन सहज हुने वडासचिव अनिल पोख्रेलले उल्लेख गर्नुभयो ।    
–––  


प्रतिक्रिया दिनुहोस
हाम्रो टिम

प्रकाशक / सम्पादक 
शारदा खतिवडा 

समाचार तथा लेख रचनाको लागि - suchanakunda@gmail.com

विज्ञापनका लागि -suchanakunda@gmail.com 
फोन नं - ०१४३१४८१६ , ९८५१२०७८४९ 


follow us
सम्पर्क


सम्पर्क नं. : ९८५१२०७८४९
सूचना तथा प्रसारण विभाग दर्ता नं ३६७७–२०७९/०८०
प्रेस काउन्सिल सूचिकरण नं ३८७८–२०७९/०८०

 


© 2026 All right reserved to suchanakunda.com Site By : SobizTrend