Logo
  • २०८३, असोज २९गते
  • Oct 15 2026
images

बाढी–पहिराले ठाउँ ठाउँमा राजमार्ग अवरुद्ध 


सूचना कुण्ड
बाढी–पहिराले ठाउँ ठाउँमा राजमार्ग अवरुद्ध 

        
   सूचनाकुण्ड समाचारदाता 

 काठमाडौँ, साउन २४:    वर्षाका कारण देशभरका चार राजमार्गका विभिन्न खण्ड पूर्ण र ३४ आंशिकरूपमा अवरुद्ध भएका छन् । आज बिहानसम्म तमोर करिडोर (चतरा–मुलघाट–माझीटार–अमरापुरडाँडा–गणेशचोक) सडक, भालुवाङ–लिवाङ–रोल्पा माडीचौर दारबोट सडक र धनगढी–बुडर–स्याउले सडक पूर्णरूपमा अवरुद्ध बनेका छन् ।    
    
तमोर करिडोरको पाँचथरको हेवाखोला र माझीटारमा सडक अवरुद्ध बनेको छ । भालुवाङ–लिवाङ–रोल्पा माडीचौर सडक प्यूठानको गर्जेनी खण्ड अवरुद्ध रहेकामा खुलाउने प्रयास भइरहेको सडक विभागले जनाएको छ ।    
    
तानसेन–रिडी–कोरला सडक म्याग्दीमा अवरुद्ध छ । ट्रयाक खोल्ने प्रयास गरिए पनि निरन्तर पहिराका कारण समस्या भइरहेको छ । धनगढी–सहजपुर–बुडर–स्याउले सडक कैलालीको एउटा खण्डमा पूर्णरूपमा अवरुद्ध छ । यस खण्डमा झन्डै तीन सय मिटर क्षेत्रमा पहिरो खसेको छ । एक सय मिटर सडक भासिएको विभागले जनाएको छ । सडकको अवरोध हटाउन प्रयास भइरहेको छ ।    
    
बाढी–पहिराका कारण अवरुद्ध भएका सडकमध्ये हाल एकातर्फ ३४ सडक चालु रहेका छन् । डुम्रे–बेँसीसहर–चामे, कोसी राजमार्ग, सिद्धार्थ राजमार्ग, कणार्ली राजमार्ग, राप्ती राजमार्ग, पुष्पलाल (मध्यपहाडी) राजमार्ग, अरनिको राजमार्ग, तानसेन रिडी–कोरला सडकका विभिन्न खण्ड छन् ।    
–––  


प्रतिक्रिया दिनुहोस
हाम्रो टिम

प्रकाशक / सम्पादक 
शारदा खतिवडा 

समाचार तथा लेख रचनाको लागि - suchanakunda@gmail.com

विज्ञापनका लागि -suchanakunda@gmail.com 
फोन नं - ०१४३१४८१६ , ९८५१२०७८४९ 


follow us
सम्पर्क


सम्पर्क नं. : ९८५१२०७८४९
सूचना तथा प्रसारण विभाग दर्ता नं ३६७७–२०७९/०८०
प्रेस काउन्सिल सूचिकरण नं ३८७८–२०७९/०८०

 


© 2026 All right reserved to suchanakunda.com Site By : SobizTrend