Logo
  • २०८३, असोज २९गते
  • Oct 15 2026
images

सामाखुसीबाट हराएका बालकको शव दक्षिणकालीमा भेटियो  


सूचना कुण्ड
सामाखुसीबाट हराएका बालकको शव दक्षिणकालीमा भेटियो  

सूचनाकुण्ड समाचारदाता  

काठमाडौँ, साउन  १८  :   भारी वर्षापछि आएको बाढीका कारण काठमाडौँको सामाखुशी खोलाले बगाएर बेपत्ता भएका १३ वर्षीय साजन आलेमगरको शव आज दक्षिणकालीस्थित वाग्मती किनारमा फेला परेको छ ।    
     
जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता प्रहरी उपरीक्षक कुमोद ढुङ्गेलले आज वाग्मती किनारमा उनको शव फेला परेको जानकारी दिनुभयो । यही साउन ७ गते उनलाई सामाखुसी खोलाले बगाएको थियो ।    
    
त्यसपछि लगातार खोजी गर्दा पनि उनको अवस्था पत्ता लाग्न नसकेकामा आज ११ दिनपछि शव फेला परेको उहाँले बताउनुभयो । स्थानीयवासीले शव देखेपछि प्रहरीलाई खबर गरेको जनाइएको छ ।    
–––  


प्रतिक्रिया दिनुहोस
हाम्रो टिम

प्रकाशक / सम्पादक 
शारदा खतिवडा 

समाचार तथा लेख रचनाको लागि - suchanakunda@gmail.com

विज्ञापनका लागि -suchanakunda@gmail.com 
फोन नं - ०१४३१४८१६ , ९८५१२०७८४९ 


follow us
सम्पर्क


सम्पर्क नं. : ९८५१२०७८४९
सूचना तथा प्रसारण विभाग दर्ता नं ३६७७–२०७९/०८०
प्रेस काउन्सिल सूचिकरण नं ३८७८–२०७९/०८०

 


© 2026 All right reserved to suchanakunda.com Site By : SobizTrend