Logo
  • २०८३, असोज २९गते
  • Oct 15 2026
images

भारी वर्षाको सम्भावना 


सूचना कुण्ड
भारी वर्षाको सम्भावना 

 सूचनाकुण्ड समाचारदाता 

काठमाडौँ, साउन १८ हाल देशमा मनसुनी वायुको प्रभावका कारण भारी वर्षाको सम्भावना रहेको छ । मनसुनको न्यून चापीय रेखा पश्चिमतिर सददर स्थानभन्दा उत्तर र पूर्व आसपास अवस्थित रहेको छ ।    
    
जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाका अनुसार उक्त मौसमी प्रणालीको प्रभावले हाल देशभर आंशिकदेखि सामान्य बदली रही कोशी, बागमती र गण्डकी प्रदेशका एक दुई स्थानमा हल्का वर्षा भइरहेको छ ।    
    
दिउँसो कोशी, बागमती, गण्डकी कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानमा साथै लुम्बिनी र मधेश प्रदेका थोरै स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।    
    
बागमती र गण्डकी प्रदेशका एक–दुई स्थानमा मेघ गर्जन चट्याङसहित भारी वर्षाको समेत सम्भावना रहेको छ । कोशी प्रदेशको तराई भूभाग र मधेस प्रदेशका थोरै स्थानमा हावाहुरीको पनि सम्भावना रहेको छ ।    
    
रातिको समयमा पनि कोशी, बागमती, गण्डकी, कर्णाली, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका थोरै स्थानमा हल्कादेखि मध्यम वर्षा तथा बाँकी प्रदेशका थोरै स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ । गण्डकी प्रदेशका एक–दुई स्थानमा मेघ गर्जन चट्याङसहित भारी वर्षाको समेत सम्भावना रहेको छ ।    
।–––  


प्रतिक्रिया दिनुहोस
हाम्रो टिम

प्रकाशक / सम्पादक 
शारदा खतिवडा 

समाचार तथा लेख रचनाको लागि - suchanakunda@gmail.com

विज्ञापनका लागि -suchanakunda@gmail.com 
फोन नं - ०१४३१४८१६ , ९८५१२०७८४९ 


follow us
सम्पर्क


सम्पर्क नं. : ९८५१२०७८४९
सूचना तथा प्रसारण विभाग दर्ता नं ३६७७–२०७९/०८०
प्रेस काउन्सिल सूचिकरण नं ३८७८–२०७९/०८०

 


© 2026 All right reserved to suchanakunda.com Site By : SobizTrend