Logo
  • २०८३, असोज २९गते
  • Oct 15 2026
images

मुख्यमन्त्री थापाद्वारा शपथ ग्रहण 


सूचना कुण्ड
मुख्यमन्त्री थापाद्वारा शपथ ग्रहण 

सूचनाकुण्ड समाचारदाता     

विराटनगर, साउन १७:    कोशी प्रदेशका नवनियुक्त मुख्यमन्त्री उद्धव थापाले आज एक समारोहका बीच पद तथा गोपनीयताको शपथ लिनुभएको छ ।    
    
 नेपालको संविधानको धारा १६८ को उपधारा (२) बमोजिम नियुक्त मुख्यमन्त्री थापालाई प्रदेश प्रमुख पर्शुराम खापुङले पद तथा गोपनीयताको शपथ गराउनुभएको हो ।    
    
 नेपालको संविधानको धारा १६८ को उपधारा (९) बमोजिम नवनियुक्त मन्त्रीत्रय आर्थिक मामिला तथा योजनामन्त्री बाबुराम गौतम, खानेपानी, सिँचाइ तथा ऊर्जामन्त्री प्रदीपकुमार सुनुवार र भौतिक पूर्वाधार विकासमन्त्री कमलप्रसाद जवेगुलाई कार्यविभाजनसहित प्रदेश प्रमुख खापुङले सोही समारोहमा पद तथा गोपनीयताको शपथ गराउनुभयो ।    
–––  


प्रतिक्रिया दिनुहोस
हाम्रो टिम

प्रकाशक / सम्पादक 
शारदा खतिवडा 

समाचार तथा लेख रचनाको लागि - suchanakunda@gmail.com

विज्ञापनका लागि -suchanakunda@gmail.com 
फोन नं - ०१४३१४८१६ , ९८५१२०७८४९ 


follow us
सम्पर्क


सम्पर्क नं. : ९८५१२०७८४९
सूचना तथा प्रसारण विभाग दर्ता नं ३६७७–२०७९/०८०
प्रेस काउन्सिल सूचिकरण नं ३८७८–२०७९/०८०

 


© 2026 All right reserved to suchanakunda.com Site By : SobizTrend