Logo
  • २०८३, असोज २९गते
  • Oct 15 2026
images

प्रतिनिधिसभाको बैठक स्थगन  


सूचना कुण्ड
प्रतिनिधिसभाको बैठक स्थगन  

  
   सूचनाकुण्ड समाचारदाता 

काठमाडौँ, साउन १५  :    प्रतिनिधिसभाको आजका लागि तय भएको बैठक मङ्गलबार बस्नेगरी स्थगित भएको छ ।    
    
 बैठक सञ्चालनका लागि सभामुख देवराज घिमिरेले विभिन्न राजनीतिक दलका आबद्ध प्रमुख सचेतक र सचेतकहरुसँग छलफल गर्नुभए पनि निष्कर्ष निस्कन नसकेकाले बैठक मङ्गलबार १ बजेसम्मका लागि स्थगित भएको हो ।    
    
 सभामुख घिमिरेले आजका लागि तय भएको बैठक विशेष कारणले निर्धारित समयमा बस्न नसक्ने भएकाले बैठक यही साउन १६ गते मङ्गलबार दिनको १ बजे बस्ने गरी निर्धारण गर्नुभएको सङ्घीय संसदका महासचिव डा भरतराज गौतमले सूचनामार्फत जानकारी दिनुभयो ।    
    
 आजको बैठकमा प्रतिनिधिसभा सदस्य टोपबहादुर रायमाझी निलम्बनमा पर्नुभएको जानकारी गराउने र ‘नेपाल विश्वविद्यालय विधेयक, २०८०’ लाई दफाबार छलफलका लागि सम्बन्धित समितिमा पठाइयोस् भन्ने प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची थियो ।    
    
 यसैगरी, कानुन, नयाय तथा संसदीय मामिलामन्त्री धनराज गुरुङले बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरुपण तथा मेलमिलाप आयोग ऐन, २०७१ बमोजिम ती आयोगको कार्यावधि थप गर्नेसम्बन्धी प्रस्ताव पेश गर्ने कार्यसूची थियो ।    
    
 यही साउन ३ गते सिनामङ्गलबाट बरामद भएको सुन प्रकरणलाई लिएर नेकपा (एमाले) ले सदनमा विरोध जारी राखेको छ । सदनको अवरोध खुलाउने विषयमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले आइतबार र आज पनि प्रमुख प्रतिपक्षी दल एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग छलफल गर्नुभएपनि कुनै निष्कर्ष निस्कन सकेको छैन ।    
---  


प्रतिक्रिया दिनुहोस
हाम्रो टिम

प्रकाशक / सम्पादक 
शारदा खतिवडा 

समाचार तथा लेख रचनाको लागि - suchanakunda@gmail.com

विज्ञापनका लागि -suchanakunda@gmail.com 
फोन नं - ०१४३१४८१६ , ९८५१२०७८४९ 


follow us
सम्पर्क


सम्पर्क नं. : ९८५१२०७८४९
सूचना तथा प्रसारण विभाग दर्ता नं ३६७७–२०७९/०८०
प्रेस काउन्सिल सूचिकरण नं ३८७८–२०७९/०८०

 


© 2026 All right reserved to suchanakunda.com Site By : SobizTrend