Logo
  • २०८३, असोज २९गते
  • Oct 15 2026
images

मनसुनी वर्षा : देशभर ८५ प्रतिशत पानी पर्यो


सूचना कुण्ड
मनसुनी वर्षा : देशभर ८५ प्रतिशत पानी पर्यो

 सूचनाकुण्ड समाचारदाता 

काठमाडौँ, साउन १४  :    वर्षको जारी मनसुनमा देशभर सरदरमा औसतभन्दा कम वर्षा भएको छ । जल तथा मौसम विज्ञान विभागअन्तर्गतको हावापानी विश्लेषण शाखाका अनुसार हालसम्म देशभर ८५ दशमलव चार प्रतिशत वर्षा भएको छ ।    
    
 शाखाका मौसमविद् सुदर्शन हुमागाईंका अनुसार गत जेठ १८ देखि यही साउन १४ गतेसम्म छ सय ४३ मिलिमिटर वर्षा भएको छ । उहाँले अघिल्लो वर्षको सोही अवधिको तुलनामा देशभर सरदरभन्दा कम वर्षा भएको जानकारी दिनुभयो ।    
    
 “देशभर हालसम्म सरदरको ८५ दशमलव चार प्रतिशत वर्षा भएको छ । जुन सरदरभन्दा कम वर्षा हो”, मौसमविद् हुमागाईंले भन्नुभयो ।    
    
 मनसुन अवधिभर नेपालमा एक हजार चार सय ६२ मिलिमिटर वर्षा हुने गरेको शाखाले जनाएको छ । यसअघि विगतका वर्षभन्दा यो वर्ष सरदरमा देशभर औसतभन्दा कम वर्षा हुने प्रक्षेपण गरिएको छ ।    
    
 शाखाका अनुसार यो बीचमा विशेषगरी तराईका भू–भागमा सरदरभन्दा कम वर्षा भएको छ ।    
    
 त्यसैगरी ओखलढुङ्गा, जिरी र जोमसमका मौसम मापन केन्द्रको आँकडामा सरदरभन्दा बढी वर्षा भएको छ । ताप्लेजुङ, काठमाडौँ, पोखरा, दिपायल र जुम्लामा सरदरको हाराहारीमा वर्षा भएको छ भने सिमरा, जनकपुर, भैरहवा, नेपालगञ्ज, धनगढी र सुर्खेतमा सरदरभन्दा कम वर्षा भएको छ ।    
    
 मौसम पूर्वानुमान महाशााले मुख्यगरी देशभरका विभिन्न २० मौसम मापन केन्द्रको तथ्याङ्कका आधारमा मौसम पूर्वानुमान गर्दै आएको छ ।    
    
 मौसम विभागले सन् १९९१ देखि २०२० सम्म ३० वर्षको अवधिको तथ्याङ्गका आधारमा विभिन्न मौसम मापन केन्द्रबाट आएको विवरणका आधारमा मौसम विवरण दिने गरेको छ ।    
    
 नेपालमा मनसुन यस वर्ष जेठ ३१ गतेदेखि प्रवेश गरे पनि देशभर फैलिन झन्डै दुई साता लागेको थियो । मनसुन प्रभावकारी नहँुदा पछिल्लो एक साता राम्रोसित वर्षा हुन सकेको थिएन । विगत दुई दिनयता भने देशका सबैजसो स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको महाशाखाले जनाएको छ ।    
–––  


प्रतिक्रिया दिनुहोस
हाम्रो टिम

प्रकाशक / सम्पादक 
शारदा खतिवडा 

समाचार तथा लेख रचनाको लागि - suchanakunda@gmail.com

विज्ञापनका लागि -suchanakunda@gmail.com 
फोन नं - ०१४३१४८१६ , ९८५१२०७८४९ 


follow us
सम्पर्क


सम्पर्क नं. : ९८५१२०७८४९
सूचना तथा प्रसारण विभाग दर्ता नं ३६७७–२०७९/०८०
प्रेस काउन्सिल सूचिकरण नं ३८७८–२०७९/०८०

 


© 2026 All right reserved to suchanakunda.com Site By : SobizTrend