Logo
  • २०८३, असोज २९गते
  • Oct 15 2026
images

राष्ट्रपति पौडेलद्वारा कृष्ण मन्दिरको दर्शन 


सूचना कुण्ड
राष्ट्रपति पौडेलद्वारा कृष्ण मन्दिरको दर्शन 

सूचनाकुण्ड समाचारदाता  

काठमाडौँ, साउन१२ :   राष्ट्रपति रामचन्द्र पौडेलले आज बिहान ललितपुरको पाटनस्थित कृष्ण मन्दिरको दर्शन गर्नुभएको छ ।    
    
राष्ट्रपति पौडेलले सुन्दरी चोक, मूलचोक र केशवनारायण चोकसहित पाटन सङ्ग्रहालयको समेत अवलोकन गर्नुभएको उहाँका प्रेस सल्लाहकार किरण पोखरेलले जानकारी दिनुभयो । सो अवसरमा राष्ट्रपति पौडेललाई पाटन दरबार क्षेत्रमा ललितपुर महानगरपालिकाका प्रमुख चिरीबाबु महर्जनले स्वागत गर्नुभएको थियोे ।    
    
सो अवसरमा राष्ट्रपति पौडेललाई पाटन सङ्ग्रहालयका निमित्त कार्यकारी निर्देशक सुरेश लाखे र स्मारक संरक्षण तथा दरबार हेरचाह कार्यालयका निमित्त प्रमुख शारदा शिवाकोटीले उक्त क्षेत्रको जानकारी गराउनुभएको थियो ।    
–––  


प्रतिक्रिया दिनुहोस
हाम्रो टिम

प्रकाशक / सम्पादक 
शारदा खतिवडा 

समाचार तथा लेख रचनाको लागि - suchanakunda@gmail.com

विज्ञापनका लागि -suchanakunda@gmail.com 
फोन नं - ०१४३१४८१६ , ९८५१२०७८४९ 


follow us
सम्पर्क


सम्पर्क नं. : ९८५१२०७८४९
सूचना तथा प्रसारण विभाग दर्ता नं ३६७७–२०७९/०८०
प्रेस काउन्सिल सूचिकरण नं ३८७८–२०७९/०८०

 


© 2026 All right reserved to suchanakunda.com Site By : SobizTrend