सूचनाकुण्ड समाचारदाता
काठमाडौँ, पुस १४ः देशमा दिनानुदिन बढ्दै गइरहेको सुरक्षा सम्बन्धी चुनौतिलाई सम्बोधन गर्न सिसिटिभी क्यामेराले उल्लेखनीय भूमिका निर्वाह गर्दै आइरहेको छ ।
हाल देशका तीनै तह संघ, प्रदेश तथा स्थानीय तह र ब्यक्तिगत ब्यबसायको सुरक्षाका लागि बिभिन्न ब्रान्डका सिसिटिभी क्यामेरा प्रयोग हुँदै आइरहेका छन् । उक्त प्रयोग भएका क्यामेराहरु मध्ये हिकभिजन ब्रान्डले अग्रभाग ओगट्न सफल भएको छ ।
नेपाल सहित दक्षिण एसियाका देशहरुमा अत्याधिक प्रयोग हुने हिकभिजनको ब्रान्डको क्यामेरा चीनको हान्जाउ हिक भिजन टेक्नोलोजी कम्पनिले उत्पादन गरी बिक्री बितरण गर्दै आईरहेको छ
यस क्रममा नेपालका लागि आधिकारिक आयातकर्ताको रुपमा रहेको म्याक्सिमा मल्टिनेशनल प्राली र बजार प्रबद्र्धकको जिम्मेवारी पाएको हाई भिजन टेक्नोलोजि प्रालि सुन्धाराले आज एक संयुक्त प्रशिक्षण कार्यक्रम सम्पन्न गरेको छ । नागार्जुन नगरपालिका वडा नं १० स्युचाटार सालिक चोक स्थित गौरभ ईभेन्टमा सम्पन्न सो कार्यक्रम हाईभिजन टेक्नोलोजिकी अध्यक्ष मायादेबी भट्टको अध्यक्षता सम्पन्न भएको छ ।
करिब ४२ जना सहभागि रहेको सो कार्यक्रममा म्याक्सिमा मल्टि नेशनल कम्पनिको तर्फबाट अध्यक्ष मनिकुमार तामाङ, प्रबन्ध निर्देशक प्रमोद अधिकारी, संचालक कमल तामाङ र हिकभिजन नेपालको तर्फबाट ईन्जिनियर सुप्रीम कोईराला, सुलभ भण्डारी, महमद चुन्ना साथै अमर पुडासैनीले प्रशिक्षण दिनुभएको थियो । सो अवसरमा प्रशिक्षणका सहभागिलाई म्याक्सिमा मल्टि नेशनल कम्पनिको तर्फबाट अध्यक्ष मनिकुमार तामाङ, प्रबन्ध निर्देशक प्रमोद अधिकारी, संचालक कमल तामाङले प्रमाणपत्र प्रदान गर्नुभएको थियो ।
उहाँहरुले प्रशिक्षणको क्रममा हिक भिजनका उत्पादनका बारेमा जानकारी दिनुभएको थियो ।
म्याक्सिमा मल्टिनेशल कम्पनिको सहयोग र हाईभिजन टेक्नोलोजिको आयोजनामा सम्पन्न सो कार्यक्रमको सहजिकरण हाईभिजन टेक्नोलोजिका सिइओ सिताराम भट्ट र प्रबन्ध निर्देशक भगबान भट्टले गर्नुभएको थियो । सिईओ भट्टले २०२३ देखि भिजन ग्रुपको नामबाट नयाँ ंयोजना सहित बजारमा जान लागेकोले सबैलाई सहकार्य तथा सहभागिताको लागि अनुरोध गर्नुभयो ।
हिकभिजनले सिसिटिभी , एक्सेस कन्ट्रोल, मनिटर , हाजिरी मेसिन, भिडियो डोरफोन, ठूला लिड बोर्डस, पार्किङ सोलुसन, चेक प्वाइन्ट, ट्राफिक राडार क्यामेरा, स्मार्ट सिटी, स्मार्ट होम फायर एलराम, बुम व्यारियर जस्ता उपकरण उत्पादन गर्दै बिक्री वितरण गर्दै आएको छ ।
