Logo
  • २०८३, असोज २८गते
  • Oct 14 2026
images

नेपाली कांग्रेस बागमती संसदीय दलको नेतामा लामा निर्वाचित   


सूचना कुण्ड
नेपाली कांग्रेस बागमती संसदीय दलको नेतामा लामा निर्वाचित   

     
   सूचना कुण्ड समाचारदाता   

हेटौँडा, पुस १३ :   
नेपाली कांग्रेस बागमती प्रदेश संसदीय दलको नेतामा निर्वाचन प्रक्रियाबाट कांग्रेसका केन्द्रीय सदस्य बहादुरसिंह लामा निर्वाचित हुनुभएको छ । केही बेरअघि भएको मतदान कार्य र मतगणना कार्य सकिएसँगै उहाँ दलको नेता चयन हुनुभएको हो ।    
    
सर्वसम्मतरूपमा दलको नेता चयन हुन नसकेपछि निर्वाचन प्रक्रियामा उहाँले बागमती प्रदेश सभापति इन्द्रबहादुर बानियाँलाई पराजित गर्नुभएको हो । लामाले २१ मत प्राप्त गर्दा बानियाँले १६ मत प्राप्त गर्नुभएको थियो । बानियाँ यसअघिको सरकारमा पनि दलको नेता हुनुहुन्थ्यो । मतदानमा ३७ जना प्रदेशसभा सदस्यले भाग लिनुभएको थियो ।    


प्रतिक्रिया दिनुहोस
हाम्रो टिम

प्रकाशक / सम्पादक 
शारदा खतिवडा 

समाचार तथा लेख रचनाको लागि - suchanakunda@gmail.com

विज्ञापनका लागि -suchanakunda@gmail.com 
फोन नं - ०१४३१४८१६ , ९८५१२०७८४९ 


follow us
सम्पर्क


सम्पर्क नं. : ९८५१२०७८४९
सूचना तथा प्रसारण विभाग दर्ता नं ३६७७–२०७९/०८०
प्रेस काउन्सिल सूचिकरण नं ३८७८–२०७९/०८०

 


© 2026 All right reserved to suchanakunda.com Site By : SobizTrend