Logo
  • २०८३, असोज २९गते
  • Oct 15 2026
images

जुम्लाको गुठीचौरमा अज्ञात समूहद्वारा आगजनी   


सूचना कुण्ड
जुम्लाको गुठीचौरमा अज्ञात समूहद्वारा आगजनी   

  
   सूचनाकुण्ड समाचारदाता 

 जुम्ला, साउन ६ ः    जुम्लाको गुठीचौर गाउँपालिकामा अज्ञात समूहद्वारा सात घरमा आगजनी गरेका छन् । गुठीचौर–४ स्थित विभिन्न गाउँका सात घरमा आगजनी भएको वडाध्यक्ष टीकादत्त न्यौपानेले जानकारी दिनुभयो ।    
    
उहाँका अनुसार धवलपुर गाउँका प्रेम न्यौपाने र खडान्द पाण्डे, बाउली गाउँका कविदत्त न्यौपाने, डाँडाबाडा गाउँका कविदत्त न्यौपाने, दलिबाडा गाउँका लालचन्द्र सार्की र बिगारे गाउँका भीमप्रसाद जैसीका घरमा अज्ञात समूहबाट आगलागी भएको छ । धिता र देपाल गाउँमा पनि यस्तो घटना भएको जनाइएको छ । सो समूहले सडकमा रोकिराखिएको ट्र्याक्टरमा समेत आगो लगाएको छ । सबैभन्दा धेरै बाउली गाउँका कविदत्तको घरमा क्षति भएको वडाध्यक्ष टीकादत्तले बताउनुभयो । आगो लागेको घरमा समयमै थाहा पाउँदा अधिकांश घर क्षति हुनबाट जोगिएका छन् । आगो लगाइएको कुरा थाहा पाउने बित्तिकै जिल्लाबाट प्रहरीको टोली खटाएको जुम्लाका प्रहरी नायब उपरीक्षक प्रह्लाद कार्कीले जानकारी दिनुभयो ।    
    
 उहाँले भन्नुभयो, “विभिन्न गाउँका घरमा आगो लगाइएको थाहा पाउने बित्तिकै प्रहरी घटना स्थलमै खटाएका छौ । के कति क्षति भएको छ भन्ने विवरण सङ्कलन भइरहेको छ ।” प्रहरीलाई घटनाको जानकारी गए राति ११ बजेतिर आएको थियो । आगजनीबाट घरमा आंशिक क्षति भएका छन् ।    
    
प्रहरीले विशेष अनुसन्धान गरिएको जिल्ला प्रहरी कार्यालय जुम्लाका सूचना अधिकारी धर्मराज जोशीको भनाइ छ । गुठीचौरमा दिनदिनै घटना बढ्ने क्रममा रहेकाले सुरक्षा चुनौती थपिएको गुठीचौर गाउँपालिकाका अध्यक्ष दानबहादुर बुढाले बताउनुभयो ।    
–––  


प्रतिक्रिया दिनुहोस
हाम्रो टिम

प्रकाशक / सम्पादक 
शारदा खतिवडा 

समाचार तथा लेख रचनाको लागि - suchanakunda@gmail.com

विज्ञापनका लागि -suchanakunda@gmail.com 
फोन नं - ०१४३१४८१६ , ९८५१२०७८४९ 


follow us
सम्पर्क


सम्पर्क नं. : ९८५१२०७८४९
सूचना तथा प्रसारण विभाग दर्ता नं ३६७७–२०७९/०८०
प्रेस काउन्सिल सूचिकरण नं ३८७८–२०७९/०८०

 


© 2026 All right reserved to suchanakunda.com Site By : SobizTrend