Logo
  • २०८३, असोज २९गते
  • Oct 15 2026
images

नेपाललाई लायन्समार्फत विश्वभर चिनाउनेछु ः नव निर्वाचित अन्तरराष्ट्रिय निर्देशक बुर्लाकोटी   


सूचना कुण्ड
नेपाललाई लायन्समार्फत विश्वभर चिनाउनेछु ः नव निर्वाचित अन्तरराष्ट्रिय निर्देशक बुर्लाकोटी   

    
   सूचनाकुण्ड समाचारदाता 

काठमाडौँ, असार २७ः    लायन्स क्लबको अन्तरराष्ट्रिय निर्देशक पदमा नेपालका लायन बालकृष्ण बुर्लाकोटी निर्वाचित हुनुभएको छ । अमेरिकाको बोस्टन सहरमा हालै सम्पन्न अन्तरराष्ट्रिय सम्मेलनबाट उहाँ उक्त पदमा निर्वाचित हुनुभएको हो ।    
    
विश्वका दुई सय भन्दा बढी देशमा परोपकारी सामाजिक संस्था लायन्स समाज सेवामा सक्रिय छ । लायन बुर्लाकोटी लायन्सको विश्वभरका १८ अन्तरराष्ट्रिय निर्देशकमध्येको एक हुनुहुन्छ । अन्तरराष्ट्रिय निर्देशकका रुपमा उहाँले सन् २०२५ सम्म आफ्नो नेतृत्व प्रदान गर्नुहुनेछ । उहाँ ‘लायन्स क्लब मल्टिपल डिस्ट्रिक ३२५’ नेपालका पूर्व ‘चियरपर्सन’समेत हुनुहुन्छ । लामो समयदेखि सामाजिक सेवामा सक्रिय उहाँले आफ्नो नेतृत्व समयमा क्लबमा नयाँ ‘रेकर्ड’ बनाउन सफल हुनुभएको थियो ।    
    
लायन बुर्लाकोटीले लायन्सको सय वर्षको इतिहासमा पहिलो पटक एकै कार्यकालमा एकसय क्लब खोलेर विश्व रेकर्ड बनाउनुभएको थियो । दुई हजार आठ सय ६३ ‘मेम्बर सिपग्रोथ’ तथा ‘सय एमजेएफ कन्ट्रिव्युसन’ गराउन उहाँ सफल हुनुभएको थियो ।    
    
नेपाली लायन्सका सदस्य माझ भिजेर काम गरेकाले तथा देशभरका लायन्स सदस्यको मन र विश्वासका कारण आफू अन्तरराष्ट्रिय निर्देशक पदमा विजयी भएको उहाँले जानकारी दिनुभयो । क्लबको अन्तरराष्ट्रिय निर्देशक पदका विजयी भएपछि उहाँले विज्ञप्ति जारी गर्र्दै भन्नुभयो, “नेपालमा लायनिजमको विकास र विस्तारमा मेरो सक्रियता निरन्तर छ । आगामी दिनमा यो सक्रियतालाई अझ बढाउँदै नेपाललाई लायन्समार्फत संसारभर चिनाउनेछु ।”    
    
लायन्सको अन्तरराष्ट्रिय निर्देशक बनेर संसारभर नेपालको झण्डा र राष्ट्रिय गानलाई चिनाउने अभियानमा लाग्ने प्रतिबद्धता उहाँले व्यक्त गर्नुभयो । साथै लायन्सको अन्तरराष्ट्रिय निर्देशक बनेपछि नेपालमा धेरै भन्दा धेरै स्थायी परियोजना ल्याउनमा भूमिका खेल्ने र बढी भन्दा बढी अवसर अन्तरराष्ट्रियबाट सिर्जना गर्न आफू सक्रिय हुने उहाँले जानकारी दिनुभयो ।    
–––  


प्रतिक्रिया दिनुहोस
हाम्रो टिम

प्रकाशक / सम्पादक 
शारदा खतिवडा 

समाचार तथा लेख रचनाको लागि - suchanakunda@gmail.com

विज्ञापनका लागि -suchanakunda@gmail.com 
फोन नं - ०१४३१४८१६ , ९८५१२०७८४९ 


follow us
सम्पर्क


सम्पर्क नं. : ९८५१२०७८४९
सूचना तथा प्रसारण विभाग दर्ता नं ३६७७–२०७९/०८०
प्रेस काउन्सिल सूचिकरण नं ३८७८–२०७९/०८०

 


© 2026 All right reserved to suchanakunda.com Site By : SobizTrend