Logo
  • २०८३, असोज २९गते
  • Oct 15 2026
images

नारायणगढ–मुग्लिन सडक : पहिरो सफा गर्न समय लाग्ने


सूचना कुण्ड
नारायणगढ–मुग्लिन सडक : पहिरो सफा गर्न समय लाग्ने

 सूचनाकुण्ड समाचारदाता  

चितवन, असार १७:   
नारायणगढ–मुग्लिन सडक खण्डमा खसेको पहिरो पन्छाउन अझै समय लाग्ने भएको छ । इच्छाकामना गाउँपालिका–५ तीन नम्बर पुलमा गए राति पहिरो खसेको हो ।    
    
 डिभिजन सडक कार्यालय चितवनका प्रमुख रमेशकुमार पौडेलले थप पहिरो नखसे केही घण्टापछि सडक खसलाउन सकिने बताउनुभयो । पहिरोको एउटा ढिस्को नै झरेकाले पन्छाउन समय लागेको उहाँको भनाइ छ । अर्को ढिस्को पनि खस्ने अवस्थामा छ, पौडेलले भन्नुभयो ।    
    
सो स्थानमा बिहानैदेखि पहिरो पन्छाउने काम भइरहेको छ । छिनछिनमा पहिरो खस्दा यातायात अवरुद्ध हुँदैआएको छ ।    
–––  


प्रतिक्रिया दिनुहोस
हाम्रो टिम

प्रकाशक / सम्पादक 
शारदा खतिवडा 

समाचार तथा लेख रचनाको लागि - suchanakunda@gmail.com

विज्ञापनका लागि -suchanakunda@gmail.com 
फोन नं - ०१४३१४८१६ , ९८५१२०७८४९ 


follow us
सम्पर्क


सम्पर्क नं. : ९८५१२०७८४९
सूचना तथा प्रसारण विभाग दर्ता नं ३६७७–२०७९/०८०
प्रेस काउन्सिल सूचिकरण नं ३८७८–२०७९/०८०

 


© 2026 All right reserved to suchanakunda.com Site By : SobizTrend