Logo
  • २०८३, असोज २९गते
  • Oct 15 2026
images

   मौसमी कामदार व्यवस्थापन निर्देशिका स्वीकृत 


सूचना कुण्ड
   मौसमी कामदार व्यवस्थापन निर्देशिका स्वीकृत 

   
 सूचना कुण्ड समाचारदाता 

काठमाडौँ, पुस ४ :   
नेपाल सरकारले मौसमी कामदार व्यवस्थापन निर्देशिका, २०७९ स्वीकृत गरेको छ । यसैगरी सरकारले अन्नमा आधारित पूरक बाल आहारको गुणस्तर मापदण्ड निर्धारण गर्नेसम्बन्धी आदेश स्वीकृत गरेको सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिनुभयो ।     
    
 सरकारले कालीगण्डकी नदी क्षेत्रबाट दुई थान शिला जनकपुरधामस्थित जानकी मन्दिरलाई उपलब्ध गराउन स्वीकृति दिने निर्णय गरेको यही पुस ३ गते बसेको मन्त्रिपरिषद् बैठकको निर्णय सार्वजनिक गर्न आयोजित पत्रकार सम्मेलनमा उहाँले जानकारी दिनुभयो ।    
    
 यसैगरी खाद्यपदार्थमा हेभी मेटलको अधिकतम मात्रा निर्धारण गर्नेसम्बन्धी आदेश स्वीकृत गर्ने, नीलगिरि खोला १ र २ जलविद्युत् आयोजनाको २२० केभी प्रसारणलाइन निर्माणका लागि राष्ट्रिय वन क्षेत्र प्रयोग गर्न दिने निर्णय गरिएको छ ।    
    
 बैठकले माथिल्लो फावाखोला जलविद्युत् आयोजना निर्माणका लागि राष्ट्रिय वन क्षेत्र प्रयोग गर्न दिने र संरक्षण क्षेत्र भित्रका जलविद्युत् आयोजनाका लागि थप सर्त समावेश गर्ने निर्णय गरेको सरकारका प्रवक्तासमेत रहनुभएका मन्त्री कार्कीले बताउनुभयो ।    


प्रतिक्रिया दिनुहोस
हाम्रो टिम

प्रकाशक / सम्पादक 
शारदा खतिवडा 

समाचार तथा लेख रचनाको लागि - suchanakunda@gmail.com

विज्ञापनका लागि -suchanakunda@gmail.com 
फोन नं - ०१४३१४८१६ , ९८५१२०७८४९ 


follow us
सम्पर्क


सम्पर्क नं. : ९८५१२०७८४९
सूचना तथा प्रसारण विभाग दर्ता नं ३६७७–२०७९/०८०
प्रेस काउन्सिल सूचिकरण नं ३८७८–२०७९/०८०

 


© 2026 All right reserved to suchanakunda.com Site By : SobizTrend