Logo
  • २०८३, असोज २९गते
  • Oct 15 2026
images

राष्ट्रपति पौडेल अस्पतालबाट डिस्चार्ज  


सूचना कुण्ड
राष्ट्रपति पौडेल अस्पतालबाट डिस्चार्ज  

सूचनाकुण्ड समाचारदाता

काठमाडौँ, असार  १३:   राष्ट्रपति रामचन्द्र पौडेल त्रिवि कार्डियोथोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टरमा उपचारपछि डिस्चार्ज भई राष्ट्रपति निवास फर्कनुभएको छ ।    
    
उहाँ यही असार २ गते अस्पतालमा भर्ना भई विभिन्न परीक्षण, चिकित्सकको निगरानी तथा उपचारपछि आज दिउँसो निवास फर्कनुभएको हो । चिकित्सकका अनुसार उहाँको स्वास्थ्य अवस्था सामान्य रहेको छ ।    
    
राष्ट्रपति पौडेलले उपचारका लागि गठित विशेषज्ञ समूहमा संलग्न चिकित्सक, परामर्श समूहमा संलग्न विभिन्न अस्पतालका चिकित्सक, स्वास्थ्यकर्मी, कर्मचारी तथा सुरक्षाकर्मीका साथै उहाँको स्वाथ्यप्रति चासो एवं चिन्ता व्यक्त गर्ने सम्पूर्णमा धन्यवाद दिनुभएको छ ।    
–––  


प्रतिक्रिया दिनुहोस
हाम्रो टिम

प्रकाशक / सम्पादक 
शारदा खतिवडा 

समाचार तथा लेख रचनाको लागि - suchanakunda@gmail.com

विज्ञापनका लागि -suchanakunda@gmail.com 
फोन नं - ०१४३१४८१६ , ९८५१२०७८४९ 


follow us
सम्पर्क


सम्पर्क नं. : ९८५१२०७८४९
सूचना तथा प्रसारण विभाग दर्ता नं ३६७७–२०७९/०८०
प्रेस काउन्सिल सूचिकरण नं ३८७८–२०७९/०८०

 


© 2026 All right reserved to suchanakunda.com Site By : SobizTrend