Logo
  • २०८३, असोज २९गते
  • Oct 15 2026
images

भाटभटेनीका सञ्चालक गुरुङ पक्राउ


सूचना कुण्ड
भाटभटेनीका सञ्चालक गुरुङ पक्राउ

 सूचनाकुण्ड समाचारदाता 

काठमाडौँ, असार १२ :    ललिता निवास प्रकरणको अनुसन्धानका लागि भन्दै भाटभटेनी सुपरमार्केटका सञ्चालक मीनबहादुर गुरुङलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।    
    
 प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोको टोलीले गुरुङलाई आज बिहान काठमाडौँबाट पक्राउ गरेको नेपाल प्रहरीका प्रवक्ता प्रहरी नायव महानिरीक्षक कुबेर कडायतले राससलाई जानकारी दिनुभयो ।    
    
 प्रहरीले त्यस विषयमा विशेष अपरेसन चलाइरहेको जनाएको छ । प्रहरीले उक्त प्रकरणमा संलग्न भएको आशङ्कामा थप केही व्यक्ति पनि खोजी गरिरहेको उहाँले जानकारी दिनुभयो ।    
    
 ललिता निवास प्रकरणमा यसअघि तीन सय जनालाई प्रतिवादी बनाएर प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोले सरकारी वकिलको कार्यालयमा प्रतिवेदन बुझाएको थियो । तर सरकारी वकिलको कार्यालयले थप अनुसन्धान गर्नुपर्ने जनाउँदै फाइल फिर्ता पठाएको थियो ।    
    
 उक्त घटनाको सन्दर्भमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले छुट्टै अनुसन्धान गरेर विशेष अदालतमा दर्ता गरेको मुद्दा अहिले पनि विचाराधीन छ । सरकारको स्वामित्वमा रहेको बालुवाटारस्थित ललिता निवासको जग्गा विभिन्न व्यक्तिका नाममा नामसारी गरेको आरोपमा प्रहरीले कारबाही अघि बढाएको छ ।    
---  


प्रतिक्रिया दिनुहोस
हाम्रो टिम

प्रकाशक / सम्पादक 
शारदा खतिवडा 

समाचार तथा लेख रचनाको लागि - suchanakunda@gmail.com

विज्ञापनका लागि -suchanakunda@gmail.com 
फोन नं - ०१४३१४८१६ , ९८५१२०७८४९ 


follow us
सम्पर्क


सम्पर्क नं. : ९८५१२०७८४९
सूचना तथा प्रसारण विभाग दर्ता नं ३६७७–२०७९/०८०
प्रेस काउन्सिल सूचिकरण नं ३८७८–२०७९/०८०

 


© 2026 All right reserved to suchanakunda.com Site By : SobizTrend