Logo
  • २०८३, असोज २९गते
  • Oct 15 2026
images

मनसुन प्रणाली फैलियो देशभर


सूचना कुण्ड
मनसुन प्रणाली फैलियो देशभर

सूचनाकुण्ड समाचारदाता 

काठमाडौँ, असार ८:   गत जेठ ३१ गते नेपाल प्रवेश गरेको यस वर्षको मनसुन प्रणाली आज देशभर फैलिएको छ । नेपालभर मनसुन फैलिन आगमनको दिनदेखि यस वर्ष नौ दिनको समय लागेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।    
    
यस वर्ष मनसुन प्रणाली कोशी प्रदेश, मधेस र गण्डकी प्रदेशको पूर्वी भू–भाग र बागमती प्रदेशका अधिकांश भू–भागबाट आगमन भएको थियो । देशभर मनसुन फैलिएको र सक्रिय अवस्थामा रहेको हुनाले आगामी तीन दिन असार ८ गतेदेखि १० गतेसम्ममा देशका धेरै स्थानमा मेघगर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।    
    
साथै मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका थोरै स्थानमा भारी वर्षाका साथै सोही प्रदेशका एक/दुई स्थानमा धेरै भारी वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ । मनसुनको समयमा बाढी, पहिरो, डुबान, भू–क्षय, बाटो हिलाम्य हुने तथा ग्रेग्रान बहावजस्ता प्रभावले सडक तथा हवाई यातायात, कृषि, पर्यटन, स्वास्थ्यलगायत क्षेत्रमा प्रभावित हुनसक्ने देखिन्छ ।    
    
खराब मौसमका कारणले हुनसक्ने जोखिम वा क्षतिबाट बच्न आवश्यक सतर्कता अपनाउन महाशाखाले आग्रह गरेको छ ।    
–––  


प्रतिक्रिया दिनुहोस
हाम्रो टिम

प्रकाशक / सम्पादक 
शारदा खतिवडा 

समाचार तथा लेख रचनाको लागि - suchanakunda@gmail.com

विज्ञापनका लागि -suchanakunda@gmail.com 
फोन नं - ०१४३१४८१६ , ९८५१२०७८४९ 


follow us
सम्पर्क


सम्पर्क नं. : ९८५१२०७८४९
सूचना तथा प्रसारण विभाग दर्ता नं ३६७७–२०७९/०८०
प्रेस काउन्सिल सूचिकरण नं ३८७८–२०७९/०८०

 


© 2026 All right reserved to suchanakunda.com Site By : SobizTrend