Logo
  • २०८३, असोज २९गते
  • Oct 15 2026
images

वनकरियालाई पाडी


सूचना कुण्ड
वनकरियालाई पाडी

सूचनाकुण्ड समाचारदाता 

मनहरि, असार५  :    मकवानपुरको मनहरि गाउँपालिकाले सीमान्तकृत वनकरिया जातीलाई पाडी वितरण गरेको छ ।    
    
मनहरि गाउँपालिका-४ मा बसोबास गर्दै आएका नेपालकै दुर्लभ र सीमान्तकृत वनकरिया जातीलाई पाडी वितरण गरिएको हो । सोमबार वनकरिया बस्तीमा पाडी हस्तान्तरण गर्दै गाउँपालिका उपाध्यक्ष सीता पुलामी मगरले उनीहरुको जीविकोपार्जनमा सहयोग पुग्ने विश्वासका साथ हस्तान्तरण गरिएको बताउनुभयो ।    
    
उहाँले सीमान्तकृत वनकरियालाई संरक्षण मात्र नभइ उनीहरुलाई आय-आर्जनमा पनि स्थानीय सरकारले सहयोग पुर्‍याउँदै अघि बढिरहेको बताउनुभयो । गाउँपालिकाको वार्षिक कार्यक्रम अन्तर्गत उनीहरुलाई तीन लाख बजेटबाट १० वटा पाडी वितरण गरिएको हो ।     
    
वितरण पश्चात वडा नं ४ वडाध्यक्ष प्रकाश थापाले ६ वर्षसम्म पाडीको राम्रो स्याहार सुसार गर्न सके वनकरिया जातीमा आत्मनिर्भर हुने बाटो रहने बताउनुभयो ।    
---  


प्रतिक्रिया दिनुहोस
हाम्रो टिम

प्रकाशक / सम्पादक 
शारदा खतिवडा 

समाचार तथा लेख रचनाको लागि - suchanakunda@gmail.com

विज्ञापनका लागि -suchanakunda@gmail.com 
फोन नं - ०१४३१४८१६ , ९८५१२०७८४९ 


follow us
सम्पर्क


सम्पर्क नं. : ९८५१२०७८४९
सूचना तथा प्रसारण विभाग दर्ता नं ३६७७–२०७९/०८०
प्रेस काउन्सिल सूचिकरण नं ३८७८–२०७९/०८०

 


© 2026 All right reserved to suchanakunda.com Site By : SobizTrend