Logo
  • २०८३, असोज २९गते
  • Oct 15 2026
images

     ‘एनआइयू इलेक्ट्रिक’ ८० हजार किमी गुड्यो


सूचना कुण्ड
     ‘एनआइयू इलेक्ट्रिक’ ८० हजार किमी गुड्यो

सूचनाकुण्ड समाचारदाता   

 काठमाडौँ, असार १ ः    स्मार्ट अर्बन मोबिलिटीको अग्रणी प्रदायकका रूपमा विकसित हुँदै गएको ‘एनआइयू इलेक्ट्रिक’ दुई पाङ्ग्रे सवारीसाधन नेपालमा ८० हजारभन्दा बढी किलोमिटर गुड्न सफल भएको छ ।    
इको इन्फिनिटी प्रालिले सन् २०१७ देखि सो ब्राण्डका सवारीसाधन नेपाल भित्र्याएको थियो । ‘एनआइयू इलेक्ट्रिक’का ब्याट्री अत्याधुनिक प्रविधियुक्त भएका कारण नेपालमा लोकप्रिय भएको छ ।    
    
हाल कम्पनीले विभिन्न छ वटा मोडलका दुई पाङ्गे विद्युतीय सवारी नेपाली बजारम उपलब्ध गराएको इको इन्फिनिटी प्रालिका व्यवस्थापन निर्देशक डा मौसम बोहराले जानकारी दिनुभयो ।    
    
कम्पनीले लिथियम पावर्ड इलेक्ट्रिक टु हिलर नेपालमा ल्याएको छ । बोहराले यस्ता ब्याट्री चौथो पुस्ताका लिथियम टेक्नोलोजीमा आधारित रहेको बताउनुभयो ।    
    
 डा बोहराले भन्नुभयो, “चौथो पुस्ताका लिथियम टेक्नोलोजीमा आधारित ब्याट्री एक पटक पूर्ण चार्ज भइसकेपछि लामो रेञ्जसम्म गुड्न सक्ने क्षमताका हुन्छन् । आधुनिक लिथियम आयन ब्याट्री टेक्नोलोजीले सजिलैसँग स्कुटरलाई सक्षम बनाउँछ ।”    
    
 पछिल्लो समय नेपालमा सहरी गतिशीलता, अवधारणा र छनोटमा परिवर्तन हुँदै गएको छ । विद्युतीय सवारीसाधनले वायु प्रदूषण कम गर्न, सुविधाजनक यात्रा गर्न र अधुनिक वातावरणमैत्री बनाउन कोशेढुङ्गाका रूपमा काम गरेका जनाइएको छ । ‘एनआइयू इलेक्ट्रिक’ आम उपभोक्ताको रोजाइमा पर्न गएको उहाँले बताउनुभयो ।    
---  


प्रतिक्रिया दिनुहोस
हाम्रो टिम

प्रकाशक / सम्पादक 
शारदा खतिवडा 

समाचार तथा लेख रचनाको लागि - suchanakunda@gmail.com

विज्ञापनका लागि -suchanakunda@gmail.com 
फोन नं - ०१४३१४८१६ , ९८५१२०७८४९ 


follow us
सम्पर्क


सम्पर्क नं. : ९८५१२०७८४९
सूचना तथा प्रसारण विभाग दर्ता नं ३६७७–२०७९/०८०
प्रेस काउन्सिल सूचिकरण नं ३८७८–२०७९/०८०

 


© 2026 All right reserved to suchanakunda.com Site By : SobizTrend