Logo
  • २०८३, असोज २८गते
  • Oct 14 2026
images

दाउन्नेमा सवारी दुर्घटना छ जनाको मृत्यु


सूचना कुण्ड
दाउन्नेमा  सवारी  दुर्घटना छ जनाको मृत्यु

नवलपुर, असोज १७ :  पूर्व–पश्चिम राजमार्गअन्तर्गत नवलपुरको विनयी त्रिवेणी–२ स्थित दाउन्नेको एस मोडमा शनिबार बिहान यात्रुबाहक बस दुर्घटना हुँदा छ जनाको मृत्यु भएको छ। दुर्घटनामा १० जना घाइते भएका छन्। घाइतेमध्ये एक जनाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ।

नेपालगञ्जबाट काठमाडौँ जाँदै गरेको प्रदेश ३–०१–००६ ख १५५३ नम्बरको बस ओरालो सडकमा चालकले नियन्त्रण गुमाउँदा नालामा पल्टिएर दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय नवलपुरले जनाएको छ।

जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक अनिल पण्डितका अनुसार मृत्यु हुनेमा जाजरकोटको भेरीगंगा नगरपालिका–३ का ५० वर्षीय निर्जुङ्ग खत्री, बाँकेको कोहलपुर नगरपालिका–३ का ३२ वर्षीय दीपेन्द्र केसी, बाजुराको स्वामीकार्तिक गाउँपालिकाका ६५ वर्षीय नरेन्द्रराज गिरी, बाँकेको कोहलपुर नगरपालिका–१० का ५५ वर्षीय एकेन्द्रराज रेग्मी र नेपालगञ्ज उपमहानगरपालिका–७ का २२ वर्षीय कृष कनौजिया रहनुभएको छ । अर्का मृतकको नामथर खुलेको छैन। उहाँको उमेर अन्दाजी ४०–४२ वर्ष रहेको प्रहरीले जनाएको छ।

दुर्घटनामा गोरखा नगरपालिका–९ का ३० वर्षीय हरिशरण थापा, अछामको मंगलसेन नगरपालिका–६ का २८ वर्षीय तेजेन्द्रप्रसाद भण्डारी, बर्दियाको ठाकुरबाबा नगरपालिका–१ की २० वर्षीया आकृति थारू, बाजुराको स्वामीकार्तिक गाउँपालिका–५ का ३२ वर्षीय पवन बुढा, बर्दियाको राजापुर नगरपालिका–९ का २८ वर्षीय सञ्जय थारू र बाजुराको स्वामीकार्तिक गाउँपालिका–१ का २५ वर्षीय प्रेम बम घाइते हुनुभएको छ ।

त्यस्तै, ललितपुरको कोन्ज्योसोम गाउँपालिका–५ का २९ वर्षीय अनोज खत्री, बर्दियाको बाँसगढी नगरपालिका–७ का ३६ वर्षीय लालबहादुर कार्की, बाँकेको नेपालगञ्ज उपमहानगरपालिका–१६ का ४८ वर्षीय अस्लाम भगवान र सल्यानको बनगाड कुपिण्डे नगरपालिका–१ का २१ वर्षीय अनिल बुढाथोकी घाइते हुनुभएको छ ।

टाउकोमा चोट लागेका अस्लामको अवस्था गम्भीर रहेकाले थप उपचारका लागि नयाँ मेडिकल कलेज, चितवनमा रिफर गरिएको प्रहरीले जनाएको छ।प्रहरीका अनुसार बसमा चालकसहित १८ जना सवार थिए। तीमध्ये दुई जना सकुशल छन्। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।


प्रतिक्रिया दिनुहोस
हाम्रो टिम

प्रकाशक / सम्पादक 
शारदा खतिवडा 

समाचार तथा लेख रचनाको लागि - suchanakunda@gmail.com

विज्ञापनका लागि -suchanakunda@gmail.com 
फोन नं - ०१४३१४८१६ , ९८५१२०७८४९ 


follow us
सम्पर्क


सम्पर्क नं. : ९८५१२०७८४९
सूचना तथा प्रसारण विभाग दर्ता नं ३६७७–२०७९/०८०
प्रेस काउन्सिल सूचिकरण नं ३८७८–२०७९/०८०

 


© 2026 All right reserved to suchanakunda.com Site By : SobizTrend