Logo
  • २०८३, असोज २८गते
  • Oct 14 2026
images

प्रमुख प्रशासकीय अधिकृतसहित आठ जनाविरुद्ध ७३ लाखको भ्रष्टाचार मुद्दा


सूचना कुण्ड
प्रमुख प्रशासकीय अधिकृतसहित आठ जनाविरुद्ध ७३ लाखको भ्रष्टाचार मुद्दा

काठमाडौँ, असोज ६ :  डोल्पाको त्रिपुरासुन्दरी नगरपालिकाका तत्कालीन निमित्त प्रमुख प्रशासकीय अधिकृत लालप्रसाद पोखरेलसहित आठ जनाविरुद्ध ७३ लाख ६१ हजार ९५३ रुपियाँ भ्रष्टाचार मुद्दा दायर भएको छ । 

अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रवक्ता सुरेश न्यौपानेका अनुसार उनीहरुविरुद्ध  आर्थिक वर्ष २०७८/७९ मा त्रिपुरासुन्दरी नगरपालिकाको आर्थिक वर्ष २०७८/७९ मा वडा नं. ६ हरियापानी पालङ्ग माझफाल हुदै रुकुमसम्म सडक योजनाको ठेक्का प्रक्रियामा सार्वजनिक खरिद ऐन तथा नियमावलीको व्यवस्था विपरीत कम रकम कबोल गर्नेलाई अनुत्तिर्ण गरी बढी रकम कबोल गर्ने बोलपत्रदाताको बोलपत्र स्वीकृत तथा ठेक्का प्रदान गरी भ्रष्टाचार गरेको आरोप लागेको छ ।

सो नगरपालिकाका प्रशासकीय अधिकृत हिरा चन्द्र धराला, वरिष्ठ लेखा सहायक रुपचन्द्र बुढा, शिक्षा अधिकृत भिम बहादुर थापा, एमआइएस अपरेटर शरिचन्द्र विष्टविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ । 

यसैगरी, सो नगरपालिका वडा नं. ६ स्थित हरियापानी पालुङ्ग माझफाल हुदै रुकुमसम्म सडक निर्माण कार्यको खरिद प्रक्रिया मुल्याङ्कनमा सङ्लग्न बोलपत्र मुल्याङ्कन समितिका सदस्य शिशिर कुमार गुरुङ, छल निर्माण सेवा प्रा. लि. दुनै, डोल्पा र उक्त निर्माण सेवाका प्रोपाइटर दिपचन्द् रोकायाविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ । 

भ्रष्टाचार निवारण ऐन, २०५९ बमोजिम उनीहरुविरुद्ध बिगो रकम ७३ लाख ६१ हजार ९५३ रुपियाँ कायम गरी सजाय हुन मागदाबी लिइ मङ्गलबार विशेष अदालत काठमाडौँमा आरोपपत्र दायर गरिएको आयोगले जनाएको छ । 


प्रतिक्रिया दिनुहोस
हाम्रो टिम

प्रकाशक / सम्पादक 
शारदा खतिवडा 

समाचार तथा लेख रचनाको लागि - suchanakunda@gmail.com

विज्ञापनका लागि -suchanakunda@gmail.com 
फोन नं - ०१४३१४८१६ , ९८५१२०७८४९ 


follow us
सम्पर्क


सम्पर्क नं. : ९८५१२०७८४९
सूचना तथा प्रसारण विभाग दर्ता नं ३६७७–२०७९/०८०
प्रेस काउन्सिल सूचिकरण नं ३८७८–२०७९/०८०

 


© 2026 All right reserved to suchanakunda.com Site By : SobizTrend