Logo
  • २०८३, असोज २८गते
  • Oct 14 2026
images

भदौमा ४२ लाखभन्दा बढी ग्यास सिलिन्डर खपत


सूचना कुण्ड
भदौमा ४२ लाखभन्दा बढी ग्यास सिलिन्डर खपत

काठमाडौँ, असोज ३ : भदौ महिनामा झन्डै ६० हजार मेट्रिक टन ग्यास आयात भएर खपत भएको नेपाल आयल निगमले जनाएको छ ।

निगमका अनुसार भदौ महिनामा ५९ हजार ८३३ मेट्रिक टन ग्यासको ४२ लाख १३ हजार ६६१ सिलिन्डर वितरण गरिएको हो । सामान्य अवस्थामा मासिक ३० लाख देखि ३५ लाख संख्यामा ग्यास सिलिन्डर खपत हुने गरेकोमा बजारमा ग्यासको अभाव कम गर्न ४२ लाख सिलिन्डर वितरण गरिएको हो ।

गत साउनमा ४० लाख ३६ हजार ३६४ सिलिन्डर बिक्री गरेको र असारमा ३१ लाख ३६ हजार ९३७ सिलिन्डर वितरण भएको निगमले जनाएको छ । 

बजारमा ग्यासको चरम अभाव भएपछि आपूर्ति व्यवस्था सहज बनाउन ग्यासको कोटा बढाएको निगमले जनाएको छ । सामान्य अवस्थामा मासिक ४५ हजार मेट्रिक टन देखि ४८ हजार मेट्रिक टन ग्यासको माग रहेकोमा बजारमा ग्यासको अभाव भएपछि आपूर्ति बढाएको निगमले जनाएको छ ।

उपत्यकामा दैनिक ४० हजार संख्यामा सिलिन्डर खपत हुने गरेकोमा मुख्य राजमार्ग खुुला भएसँगै आपूर्ति व्यवस्था सहज हुुँदै गएको निगमले जनाएको छ ।

बिहीबारदेखि पृथ्वी राजमार्ग खुला भई दुुईतर्फी सवारी साधन सञ्चालनमा आएको छ । त्यससँगै ग्यासका बुलेट आउन थालेपछि ग्यासको अभाव क्रमशः कम हुुँदै जाने निगमले जनाएको छ ।

नियमित रूपमा ग्यास आउन थालेको र उद्योगीले काठमाडौँ आसपासका उद्योगबाट ग्यास रिफिलिङ्ग गरी बजारमा पठाउन थालेका आवश्यकता भन्दा बढी सिलिन्डर खरिद नगर्न निगमले उपभोक्ताले अनुरोध गरेको छ  ।

पश्चिम एसियाली मुलकुमा भएको युुद्धको कारणले आपूर्तिमा समस्या भई बजारमा ग्यास अभाव हुन थालेपछि गत फागुन २८ गतेदेखि चार महिना आधा तौलको सिलिन्डर वितरण गरेको थियो ।

असार ३१ गतेदेखि भने पूर्ण तौलको सिलिन्डर बिक्री गर्न थालेपछि बजारमा ग्यासको अभाव थप चुलिदैँ गएको थियो । तीन साता अघि कृष्णभिरमा गएको पहिरोको कारणले मुख्य राजमार्ग अवरूद्व हुुँदा ग्यासको आयात कम भएपछि ग्यासको अभाव उच्च भएको थियो ।

यसैबिच शुुक्रबार काठमाडौँ उपत्यकामा चार वटा ग्यास उद्योगले पाँच हजार एक सय दुई वटा सिलिन्डर बिक्री गरेको निगमले जनाएको छ । 


प्रतिक्रिया दिनुहोस
हाम्रो टिम

प्रकाशक / सम्पादक 
शारदा खतिवडा 

समाचार तथा लेख रचनाको लागि - suchanakunda@gmail.com

विज्ञापनका लागि -suchanakunda@gmail.com 
फोन नं - ०१४३१४८१६ , ९८५१२०७८४९ 


follow us
सम्पर्क


सम्पर्क नं. : ९८५१२०७८४९
सूचना तथा प्रसारण विभाग दर्ता नं ३६७७–२०७९/०८०
प्रेस काउन्सिल सूचिकरण नं ३८७८–२०७९/०८०

 


© 2026 All right reserved to suchanakunda.com Site By : SobizTrend